इन्टरनेट जमाना तार जोडेर चलाइने एडिएसएल, केबुल हुँदै ताररहित प्रविधिमा पुगिसकेको छ । खल्तीमा अट्ने मोबाइल सेट बोक्यो, नत्र झोलामा अटाउने ल्यापटप, त्यसका लागि तपाईले डाटा कार्ड प्रदान गर्ने कम्पनीसँग कार्ड किन्नुपर्छ । कार्डर् राख्ने डिभाइस गोजीमा बोकेर तपाई जहाँसुकै -नेटवर्क कभरेजभित्र पुगेर इन्टरनेट चलाउन सक्नुहुन्छ । सिमकार्डबाट चलाउन पाइने भएपछि आम नेपालीबीच इन्टरनेटको पहुँच बढ्दै गएको छ ।
टेली कम्युनिकेसन कम्पनीहरूले मोबाइल सेवासँगै इन्टरनेटसमेत दिन थालेका छन् ।
टेली कम्युनिकेसन कम्पनीहरूले मोबाइल सेवासँगै इन्टरनेटसमेत दिन थालेका छन् ।
सन् १९९२ देखि प्रत्येक वर्षको अगष्ट १ देखि ७ सम्म सप्ताहव्यापी रुपमा यो दिवस मनाउने गरिएको छ । "समय स्थान साचारका साधन र युवायुवतीहरुलाई परिचालन गरि सबैले आजैबाट आ-आपुनो समुदायमा स्तनपानको महत्वको बारे कुरा गरौं ६ महिनासम्म शिशुलाई स्तनपान मात्र गराउन आमा तथा परिवारलाई भनौँ भन्ने नाराका स्वास्थ्य संस्थाहरुले बिभिन्न कार्यक्रम गरेर मनाउँदै छन् । "
शिशुलाई जन्मेको एक घण्टादेखि ६ महिनासम्म पूर्ण स्तनपान गराउनुपर्ने भए पनि नेपालमा पूर्ण स्तनपान गराउने आमाहरुको सङ्ख्या जम्मा ५३ प्रतिशत मात्र रहेको छ ।
शिशुलाई पूर्ण स्तनपान नगराउँदा शारीरिक विकासमा असर पुग्ने सङ्क्रमित रोगले आक्रमण गर्ने रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतामा कमी आउने जस्ता समस्या देखापर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
जन्मिसकेपछि यथाशीघ्र स्तनपान गर्न पाउनु नवजात शिशुको नैसर्गिक अधिकार हो । तर नेपालमा प्राप्त पछिल्लो तथ्यांकअनुसार जन्मेको एक घन्टाभित्र स्तनपान गराउने आमाको संख्या ३५ प्रतिशत मात्र छ । ६ महिनासम्म पूर्ण स्तनपानको अवसर ५३ प्रतिशत बच्चाले मात्र पाइरहेका छन्, ३७ प्रतिशत बच्चालाई जन्मनेबित्तिकै आमाको बिगौती दूधको सट्टा घिउ, चिनी, महजस्ता अन्य (प्रिल्याटियल) खानेकुरा खुवाइन्छ । यो समस्या समाधानका लागि जनचेतना बढाउन विश्व स्वास्थ्य संगठनले हरेक वर्षको अगस्ट पहिलो हप्तालाई 'विश्व स्तनपान सप्ताह' का रूपमा मनाउँदै आएको छ ।
के हो पूर्ण स्तनपानः जन्मेदेखि ६ महिना नपुगुन्जेल शिशुलाई आमाको दूध मात्र खुवाउन्ाुलाई पूर्ण स्तनपान भनिन्छ । ६ महिनामुनिका शिशुहरूलाई आवश्यक पर्ने सम्पूर्ण पौष्टिक तत्त्वहरू आमाको दूधमै पर्याप्त मात्रामा पाइने भएकाले उनीहरूलाई बाहिरबाट अन्य कुनै पनि खानेकुरा खुवाउनु पर्दैन (पानी पनि खुवाउनु पर्दैन किनभने आमाको दूधमा ८८ प्रतिशत पानी पाइन्छ)। शिशु जन्मेको आधा घन्टाभित्र स्तनपान सुरु गरिसक्नुपर्छ र उसलाई २४ घन्टामा ८ देखि १० पटकसम्म आमाको दूध खुवाउनुपर्छ । दूध खुवाउँदा एकातिरको दूध कम्तीमा १५ मिनेटसम्म खुवाएपछि मात्र अर्कोतिरको दूध खुवाउन सुरु गर्नुपर्छ ।
पूर्ण स्तनपानका फाइदाः पूर्ण स्तनपान आमा र बच्चा दुवैका लागि धेरै फाइदाजनक छ । एकातिर ६ महिनासम्मको शिशुलाई चाहिने सम्पूर्ण पोषण आमाको दूधमा पाइन्छ भने अर्कातिर शिशुले ती सबै पौष्टिक तत्त्वलाई सजिलैसँग पचाउन सक्छ । यसका अतिरिक्त टाउरिन, सिस्टिनजस्ता केही एमिनो एसिडहरू -जसले बच्चाको स्नायुतन्तुको विकासमा मद्दत गर्छ) र शरीरको वृद्धि र विकासका लागि नभई नहुने केही फ्याटी एसिडहरू पनि आमाको दूधमा मात्र पाइन्छ । आमाको दूधमा रोग प्रतिरोधात्मक क्षमता भएका तत्त्वहरू पाइन्छन् -जुन अन्य जनावरका दूध र कृत्रिम दूधमा पाइँदैन) जसले बच्चालाई निमोनियाँ, झाडापखालाजस्ता रोग लाग्नबाट बचाउँछ । त्यसै गरी शिशु जन्मनेबित्तिकै स्तनपान गराउनाले आमाको पाठेघर खुम्चिन मद्दत पुग्छ । ६ महिनासम्म पूर्ण स्तनपान गराउनाले सो अवधिमा आमा पुनः गर्भवती नहुने र जन्मान्तरमा सहयोग पुग्छ र गर्भवती बेलामा बढेको शरीरको वजन कम गरी आमालाई मोटोपनको सिकार हुनबाट बचाउँछ ।
आमाको दूधका प्रकारहरूः स्तनपान गराउँदा आमाले कुन अवस्थामा कस्तो प्रकारको दूध निस्कन्छ भन्ने कुरा पनि बुझ्नु आवश्यक हुन्छ । आमाको दूध सामान्यतया दुई प्रकारको हुन्छ- सुत्केरी भएको ४-५ दिनसम्म निस्कने 'बिगौती दूध' र त्यसपछि निस्कने 'परिपक्व दूध' । बिगौती दूध बाक्लो र पहेंलो हुन्छ । यसमा रोग प्रतिरोधात्मक शक्ति र शिशुको वृद्धि र विकासका लागि आवश्यक पर्ने तत्त्वहरू प्रचुर मात्रामा पाइने भएकाले नवजात शिशुलाईर् अनिवार्य रूपमा बिगौती दूध खुवाउनैपर्छ । रोगसँग लड्ने क्षमता भएकाले यसलाई शिशुको 'पहिलो खोप' पनि भनिन्छ । बच्चालाई दूध खुवाउँदा पहिलो ५-७ मिनेटसम्म पानीको मात्रा धेरै भएको दूध आउँछ । त्यसपछि मात्रै चिल्लो पदार्थ बढी भएको दूध आउँछ । त्यसैले बच्चालाई कमसेकम १५ मिनेटसम्म एकातिरको दूध मात्र चुसाउनुपर्छ भनिएको हो, नत्र भने चिल्लो पदार्थको कमीले बच्चा राम्ररी अघाउँदैन र कुपोषण हुन सक्छ ।
पूरक खानाः बच्चा ६ महिनाको भएपछि उसलाई चाहिने पोषण आमाको दूधले मात्र पूर्ति गर्न सक्दैन । त्यसैले ६ महिनासम्मको पूर्ण स्तनपानपछि उसलाई पूरक खानाका रूपमा सर्वोत्तम पीठोबाट बनाइएको लिटो खुवाउन सकिन्छ । यसका अतिरिक्त गाईभैंसीको दूध, फलफूल र दाल- तरकारीको रस, जाउलो आदि खुवाउन सकिन्छ । बच्चा जतिजति बढ्दै जान्छ, उति नै खानेकुराको मात्रा पनि बढाउँदै लैजानुपर्छ । पूरक खानाको साथमा बच्चा दुई वर्षको नपुगुन्जेल स्तनपान पनि गराइराख्नुपर्छ ।
कृत्रिम दूधको बिगबिगीः खासगरी सहरी क्षेत्रमा कतिपय आधुनिक आमाहरूले स्तनपानको सट्टामा (अथवा सँगसँगै) बोतलबाट कृत्रिम दूध खुवाएर आफ्ना बच्चाहरूलाई कुपोषित बनाइरहेका छन् । कृत्रिम दूध खुवाउँदा एकातिर बच्चाले स्तनपानबाट पाउने पोषण प्राप्त गर्न सक्दैन भने अर्कातिर संक्रमणको खतरा पनि धेरै हुन्छ । सहस्राब्दी विकास लक्ष्यअनुसार सन् २०१५ सम्म पूर्ण स्तनपान गर्ने बच्चाहरूको संख्या ८८ प्रतिशत पुर्याउनुपर्छ । ५ वर्षमुनिका बच्चाहरूलाई कुपोषण हुनबाट जोगाउने र उनीहरूको रुग्णता र मृत्युदर कम गर्ने कडीका रूपमा रहेको स्तनपानलाई हामी सबैले अभियानकै रूपमा सुरुवात गरेर निरन्तरता दिनु अत्यावश्यक छ ।
सन् २०१२ सम्ममा हेपाटाइटिस बी लाई निर्मुल पारौं, भन्ने नाराका साथ यो दिवस वर्ल्ड हेपाटाइटिस अलाइन्सले सन् २००८ देखि मनाउन थालेको भए पनि विश्व स्वास्थ्य संगठनले भने आधिकारीक रुपमा यस वर्षपहिलो हेपाटाइटिस दिवस मनाएको हो ।
स्वास्थ्य संगठनले पश्चिम प्रशान्तीय क्षेत्रका ९ वटा मुलुकमा सन् २०१२ सम्ममा बालबालिकामा हेपाटाइटिस बीको संक्रमणलाई दइ प्रतिशतमा झार्ने लक्ष्य लिएको छ ।
हेपाटाइटिस ए, बी, सी, डी र इ गरी ५ थरीका हुन्छन् । यी मध्ये हेपाटाइटिस बी एचआईभी एड्स भन्दा पनि संक्रमणकारी र घातक भएको मानिन्छ । यो कलेजोमा लाग्ने रोग हो । एक व्यक्तिबाट अर्को व्यक्तिमा र्सर्ने गर्दछ ।
हाल विश्वको ३५ करेाड जनसंख्या हेपाटाइटिस बीबाट ग्रसित भएको स्वास्थ्य संगठनले जनाएको छ । यो रोगबाट विश्वमा प्रत्येक वर्ष१० लाख मानिसको मृत्यु हुने गर्छ । नेपालमा करीब ३ लाख १५ हजार व्यक्ति हेपाटाइटिस बी बाट ग्रसित छन् ।
यो रोगको संक्रमण सबैभन्दा बढी १० देखि २४ वर्षा व्यक्तिमा देखिने गरेको छ ।
यो रोगको हालसम्म कुनै प्रभावकारी उपचार नभए पनि रोग लाग्नु अगाडी नै ३ मात्रामा हेपाटाइटिस बी बिरुद्घको खोप लगाउनाले ९५ प्रतिशत रोकथाम हुने चिकित्सकहरुको भनाइ छ ।
स्वास्थ्य संगठनले पश्चिम प्रशान्तीय क्षेत्रका ९ वटा मुलुकमा सन् २०१२ सम्ममा बालबालिकामा हेपाटाइटिस बीको संक्रमणलाई दइ प्रतिशतमा झार्ने लक्ष्य लिएको छ ।
हेपाटाइटिस ए, बी, सी, डी र इ गरी ५ थरीका हुन्छन् । यी मध्ये हेपाटाइटिस बी एचआईभी एड्स भन्दा पनि संक्रमणकारी र घातक भएको मानिन्छ । यो कलेजोमा लाग्ने रोग हो । एक व्यक्तिबाट अर्को व्यक्तिमा र्सर्ने गर्दछ ।
हाल विश्वको ३५ करेाड जनसंख्या हेपाटाइटिस बीबाट ग्रसित भएको स्वास्थ्य संगठनले जनाएको छ । यो रोगबाट विश्वमा प्रत्येक वर्ष१० लाख मानिसको मृत्यु हुने गर्छ । नेपालमा करीब ३ लाख १५ हजार व्यक्ति हेपाटाइटिस बी बाट ग्रसित छन् ।
यो रोगको संक्रमण सबैभन्दा बढी १० देखि २४ वर्षा व्यक्तिमा देखिने गरेको छ ।
यो रोगको हालसम्म कुनै प्रभावकारी उपचार नभए पनि रोग लाग्नु अगाडी नै ३ मात्रामा हेपाटाइटिस बी बिरुद्घको खोप लगाउनाले ९५ प्रतिशत रोकथाम हुने चिकित्सकहरुको भनाइ छ ।
फोहोर पानी र प्रदूषित खानपानका कारण ग्यास्ट्रोइन्टराटिस हुछ ।ग्यास्ट्रोइन्टराटिस भाइरस, ब्याक्टेरिया, परजीवीको संक्रमण वा अन्य कारणले पेट वा आन्द्रामा संक्रमण भएर हुने रोग हो । यसबाट आन्द्रा सुन्निने चिकित्सकहरूले बताए ।ग्यास्ट्रोइन्टराटिसमा बान्ता, पखालासँगै ज्वरोसमेत आउने गर्छ । यो संक्रमणमा आन्द्रा र पेट पोल्ने हुछ । यो रोगले मुख्यतः बुढापाका र बालबालिकालाई बढी प्रभावित गर्छ ।
विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार "स्वच्छ पानी, सरसफाइ, व्यक्तिगत स्वच्छता, हात धुनु" जस्ता स्वास्थ्य शिक्षाले ४५ प्रतिशतसम्म झाडापखाला कम गर्न सकिन्छ ।
विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार "स्वच्छ पानी, सरसफाइ, व्यक्तिगत स्वच्छता, हात धुनु" जस्ता स्वास्थ्य शिक्षाले ४५ प्रतिशतसम्म झाडापखाला कम गर्न सकिन्छ ।





