• मूलपेज
  • स्वास्थ्य
  • समसामयिक
  • सूचना प्रविधि
  • फोटो ग्यालरी
  • मनोरञ्जन
  • तपाइको
  • जानकारी
  • सञ्जिवनी
'छालाको समस्या भनेको सनस्क्रिन लोसन प्रयोगबारे ज्ञान नहुनु हो,' धुलिखेल अस्पतालका छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा. धर्मेन्द्र कर्ण भन्छन्, 'छालामा हुने घामको तात्कालिक र दीर्घकालिक प्रभावबाट सनस्क्रिनको समुचित उपयोगले धेरै मात्रामा जोगिन सकिन्छ ।' उनी अधिकांश व्यक्तिले सनस्क्रिनको प्रस्तावित मात्राको दाँजोमा २५ देखि ३० प्रतिशत मात्र मात्रा उपयोग गर्ने बताउँछन् ।
युनाइटेड स्टेट इन्भारोमेन्टल प्रोटेक्सन एजेन्सी (ईपीए) का अनुसार केही सनस्क्रिनले सूर्यको पराबैजनी किरणको कुप्रभावबाट जोगाउन सक्छ तर सर्वेक्षणहरूले आमव्यक्ति यसको समुचित उपयोग र प्रभावकारिता बारेमा भ्रमित रहेको देखाउँछ ।
डा.कर्णका अनुसार सूर्यको पराबैजनी किरणले छालाको रंग तामाजस्तो हुनु तथा जलनको कारण हुन सक्छ । सूर्यको पराबैजनी किरणले समय अगावै बूढो बनाउँछ ।
'तामा रंगको छाला क्षतिग्रस्त छाला हो, जुन सुख्खापना, चाउरी, सेतो (खैरो) दाग तथा छालाको क्यान्सरको कारण बन्न सक्छ,' डा.कर्ण भन्छन्, 'यो क्षतिलाई सुधार गर्न सकिन्न ।'
छालालाई घामको कारणले हुने क्षतिबाट जोगाउन  बिहान १० बजेदेखि साँझ ४ बजेसम्म सम्भव भएसम्म घामको सम्पर्कबाट टाढा रहने प्रयास गर्नुपर्छ ।
'तलाउ छेउछाउको बालुवा, पानी तथा कंक्रिट, सूर्यको अधिकतम हानिकारक किरणलाई छाया भएको ठाउँमा परावर्तित गर्छ,' डा. कर्ण भन्छन्, 'बस, कारलगायतका भmयालबाट आउने सूर्य किरणले समेत तपाईंको छालामा क्षति पुर्‍याउन सक्छ ।'
गर्मी याममा सुतीका लुगा उपयुक्त मानिन्छ । लामो बाहुला भएको सर्ट र प्यान्टजस्ता शरीर ढाक्ने कपडा लगाउँदा घामबाट जोगिन सकिन्छ ।
'लुगालाई प्रकाशको सामुन्ने राख्दा त्यसबाट प्रकाश देख्न सकिन्छ भने घाम पनि त्यसबाट प्रवेश गर्न सक्छ,' डा.कर्ण भन्छन्, 'भिजेको गन्जीमार्फत छालामा त्यतिकै प्रकाश पुग्न सक्छ, जति लुगा नलगाएको मानिसको छालामा पुग्छ ।'
घामलाई छोप्न सक्ने हयाट, गुणस्तरको चस्मासमेत गर्मी याममा उपयोगी हुन्छन् ।  केही औषधिले समेत घामप्रति संवेदनशीलता बढाउने भएकाले यस्ता औषधि सेवन गर्दा घाममा जानु हुँदैन ।
ईपीएका अनुसार पराबैजनी (युभी) विकिरणअन्तर्गत 'युभी-ए' किरण ओजोन पत्रबाट अवशोषित नहुने भएकाले छालाको भित्रसम्म पुग्छ र समयपूर्व नै बुढ्यौलीको लागि जिम्मेवार मानिन्छ । ९० प्रतिशतभन्दा बढी उमेरका छालासम्बन्धी परिवर्तन सूर्यको प्रभावले हुने गरेको छ ।
यस्तै, 'युभी-बी' किरण आंशिक रूपमा आकाशमै ओजोन तहले अवशोषित
गर्छ । तर पृथ्वीसम्म पुगेको 'युभी-बी' किरणले छाला डढ्नुको प्राथमिक कारण हो । विज्ञहरूका अनुसार ओजोन तह पातलिँदै जानु २१औं शताब्दीको चुनौती हुनेछ । 
छाला डढ्नमा व्यक्ति विशेषको छालाको प्रकारले समेत महत्त्वपूर्ण भूमिका खेल्छ । अमेरिकाको फुड एन्ड  ड्रग एडमिनिस्ट्रेसन -एफडीए) ले घामबाट छाला डढ्नेबारे छालाको प्रकारको नम्बर एकदेखि नम्बर ६ सम्म गरी एउटा स्केल नै विकसित गरेको
छ । कम नम्बर भएकाहरूको छाला बढी गोरो हुन्छ र छिट्टै घाममा डढ्छ भने ६ नम्बर स्केलका छाला घामबाट डढ्न अलि बढी समय लिन्छ । डा. कर्णका अनुसार नेपालीहरूको छाला अधिकांश चौथो समूहको छाला हो । यस समूहको छालामा एसपीएफ २० वा त्योभन्दा माथिको सनस्क्रिन प्रस्तावित गरिन्छ ।
कस्तो सनस्क्रिन छान्ने ?
सन प्रोटेक्सन फ्याक्टर (एसपीएफ) १५ भन्दा बढी भएको र जसले युबीए प्रकाशको सबै रंग (स्प्रेक्टम) लाई  रोक्न सकोस् । एसपीएफको संख्याले तपाईंलाई बताउँछ कि यसले छालालाई डढाउने तथा क्षतिग्रस्त गर्ने युबीए किरणबाट कति राम्ररी तपाईंको रक्षा गर्छ ।

एफडीएका अनुसार एसपीएफ ३० को अर्थ एसपीएफ १५ को दाँजोमा सूर्यको पराबैजनी किरणवाट दोब्बर रक्षा गर्नु भने होइन । यसको अर्थ उपयोग गर्दा एसपीएफ १५ ले 'युभी-बी' विकिरणबाट ९३ प्रतिशत रक्षा गर्छ र एसपीएफ ३० सनस्क्रिनले ९७ प्रतिशत रक्षा गर्छ ।
'यस्तो उत्पादन उपयोग गर्नबाट जोगिनुस् जसको एउटै बोतलमा पराबैजनी किरण र किटानु दुवैबाट बचाउको व्यवस्था होस्,' डा.कर्ण भन्छन्, 'यस्तो सनस्क्रिन कम प्रभावकारी हुन सक्छ ।'
तपाईंलाई बारम्बार कालोपोतो हुने गर्छ भने तपाइर्ंका लागि तेलरहित सनस्क्रिन उपयुक्त हुन्छ । कुनै सनस्क्रिनले जलन भए गन्धरहित फर्मुला उपयोग गर्नुस् ।
अनुहारको पूर्णसुरक्षा प्रदान गर्न करिब एक चम्चा जति सनस्क्रिन लोसन अनुहारमा लगाउनु आवश्यक हुन्छ । 
सनस्क्रिन क्रिम, लोसन र जेलका रूपमा बजारमा उपलब्ध छ । सामान्यतः सनस्क्रिन  सामान्य र सुख्खा छालाका लागि राम्रो मानिन्छ । यस्तै सुख्खा छाला तथा शरीरको अन्य भागमा लोसन लगाउनु सहज हुन्छ । यस्तै तैलीय छाला तथा अनुहारको दाह्रीजुँगा भएको ठाउँमा सनस्क्रिन लगाउन सजिलो हुन्छ ।
'तपाईंलाईं कुनै पार्टीमा जानु छ भने सनस्क्रिन लगाएपछि त्यसमाथि फाउन्डेसन वा पाउडर लगाउन सकिन्छ,' डा.कर्ण भन्छन् ।
यस्तै, सनस्क्रिन लगाएको २४ देखि ३६ घन्टाभित्रमा छालामा नयाँ खटिरा वा फोका आएमा सनस्क्रिनको एलर्जी बुभmन सकिन्छ । सनस्क्रिन एसपीएफ दुईदेखी ६० सम्मको पाइन्छ । तर नेपालका लागि भने एसपीएफ १५ भन्दा माथिको सनस्क्रिन प्रस्तावित गरिन्छ ।

सनस्क्रिनको उपयोग कसरी गर्ने ?
अनुहारलगायतका शरीरका नग्न भागमा घाममा निस्किनुभन्दा करिब १५ मिनेटअघि नै सनस्क्रिन लगाउनुपर्ने डा.कर्ण बताउँछन् । तर छाला सुख्खा भए बाहिर निस्कनुभन्दा १५ देखि ३० मिनेटअघि सनस्क्रिन लगाउनुपर्छ । 'नाक, गर्दन, खुट्टाको माथिल्लो भाग, कानको किनारा तथा ओठमा सनस्क्रिन लगाउन बिर्सनुहुन्न,' डा.कर्ण भन्छन् । घरबाहिर हँुदा प्रत्येक दुई घन्टामा सनस्क्रिन लगाउनुपर्छ ।

सनस्क्रिन वा सनब्लक ?
तपाईंलाई सनस्क्रिन र सनब्लकको नाममा भ्रम हुन सक्छ । दुवै नै तपाइर्ंको छालालाई सूर्यको हानिकारक किरण अर्थात् युबी -पराबैजनी) बाट जोगाउँछ ।
युबीए बढी खतरनाक हुन्छ यसले लामो समयसम्म छालामा नकारात्मक प्रभाव कायम राख्छ । जब कि युभीबीले घामले डढ्नु -सनवर्न) लगायत समस्या हुन सक्छ ।
सनस्क्रिनले भने युभीबीले गर्दा हुने छालाको क्षतिबाट जोगाउँछ । जब कि सनब्लकमा जिंकअक्साइड मिलेको हुन्छ जो युभीलाई छालामा आउन रोक्छ ।

घरमा बस्दासमेत सनस्क्रिन
हामीमध्ये अधिकांश घरमा बस्दा सनस्क्रिन आवश्यक न हुने ठान्छौं । तर डा.कर्णका अनुसार सूर्यको किरणको प्रभाव घरभित्र समेत पर्ने भएकाले घरमा बस्दासमेत सनस्क्रिन उपयोग गर्नुपर्छ । तर घरमा एसपीएफ १५को लोसन उपयोग गर्दा पुग्छ ।
सधैं युवा देखिने चाहना कसलाई नहोला ? तर समयको खेला, कतिपय व्यक्ति अधबैंसे उमेरमै निकै बूढो देखिन थाल्छन् । वैज्ञानिकहरूले यसको कारण पत्ता लगाएका छन् । हालैको अनुसन्धानअनुसार 'माइलिन' मा हुने कमीका कारण कुनै पनि व्यक्ति उमेरअगावै पाको लाग्छन् । माइलिन सेतो पदार्थ हो । यसको आवरणले स्नायु कोषिकालाई छोपेको हुन्छ ।
लस एन्जल्स विश्वविद्यालयका प्रा. जार्ज बटजोर्किस र उनको टोलीले यसबारे अनुसन्धानमा २३ वर्षदेखि ८० वर्षसम्मका व्यक्तिलाई सामेल गरे । ती व्यक्तिहरूमा माइलिनको परीक्षण गरियो । अनुसन्धानकर्ताहरूले विभिन्न उमेर समूहका व्यक्तिहरूबीच काम गर्ने गति र माइलिनको निर्माण हुने दरमा अन्तर पाए । उमेरको मध्य अवस्थामा मानसिक क्रियाशीलतामा वृद्घ िहुन्छ, त्यति नै बेला मस्तिष्कमा माइलिन बन्ने दर घट्छ ।
अनुसन्धानकर्ताहरूका अनुसार उमेरको यो खण्डमा व्यक्तिको कार्यक्षमता चरममा हुन्छ । तर यसै समय माइलिन निर्माणमा कमी हुनुले व्यक्तिको कार्य व्यवहारमा युटर्न हुन सक्छ । प्रा. बटजोर्किस के भन्छन् भने पाको देखिनका लागि 'माइलिन ब्रेकडाउन' महत्त्वपूर्ण कारण सावित हुन्छ । उमेर वृद्धिसँगै यो प्रतिक्रिया जारी रहन्छ । ७२ व्यक्तिमा गरिएको एमआरआई (म्याग्नेटिक रिजोनेन्स इमेजिङ) मा मस्तिष्कको फ्रन्टल लोबमा माइलिनको स्तर कम पाइयो । यसको कारण उनीहरूको औंला चलाउने गति (फिंगर टेपिङ स्पिड) १० सेकेन्डभन्दा बढी पाइयो ।
कर्तव्यपरायण हुँदा दीर्घायु
तपाईं चिन्तामुक्त, प्रशन्नचित्त र परिश्रमी स्वभावको हुनुहुन्छ भने बडो राम्रो । नयाँ अध्ययनले के दाबी गरेको छ भने कडा परिश्रम गर्ने व्यक्तिको आयु ती व्यक्तिहरूको भन्दा बढी हुन्छ जसले कुनै पनि कुरालाई हलुका ढंगले लिन्छन् ।
क्यालिफोर्निया विश्वविद्यालयले यो निष्कर्षमा पुग्नुअघि १ हजार ५ सय २८ प्रतिभाशाली विद्यार्थीबारे अनुसन्धान गरेको थियो । ती विद्यार्थीको सन् १९२० को सुरुवातदेखि उनीहरूको मृत्युपर्यन्त तथ्यांक राखियो । त्यसमा के पाइयो भने कर्तव्यनिष्ठ एवं सावधान रहने व्यक्तिको आयु कुनै पनि विषयलाई हलुका रूपमा लिने र फिक्री नगर्ने व्यक्तिको दाँजोमा अलि बढी हुन्छ ।
विवाह गर्नाले पुरुषको आयु वृद्घि हुने तथ्यसमेत उक्त अनुसन्धानमा पाइयो । तर महिलामा विवाह र आयु वृद्धिको सम्बन्ध धेरै कम हुन्छ । राम्रो सामाजिक सम्बन्ध भने महिला पुरुष दुवैको जीवनमा प्रभावकारी हुन्छ । कडा परिश्रम गर्ने, जीवनमा अगाडि बढ्ने एवं जिम्मेवारी उठाउने व्यक्ति लामो र स्वस्थ जीवन बाँच्छन्
खुट्टाको अल्सरबाट मुक्ति पाउन अत्याधुनिक प्रविधिको उपचारभन्दा हाँसो बढी प्रभावकारी हुन सक्छ । लिड्स विश्वविद्यालयका अनुसन्धानकर्ताहरू यसै भन्छन् । हाँस्दा रगतको प्रवाह बढ्छ ।

खुट्टाको अल्सरको उपचारमा धेरैजसो स्वास्थ्य संस्थाहरू अल्ट्रासाउन्डको उपयोग गर्छन् । तर पछिल्लो पाँच वर्षमा ३ सय ३७ रोगीहरूमा गरिएको अनुसन्धानअनुसार यो तरिका छिट्टै रोग मुक्त पार्नका लागि त्यति उपयोगी छैन । लिड्सका अनुसन्धानकर्ता प्रा. आन्द्र नेल्सनका अनुसार यस्ता रोगीको उपचारका लागि रोगीको मुटुदेखि खुट्टासम्म रगतको प्रवाह बढाउनु आवश्यक हुन्छ । 

यसको सबैभन्दा राम्रो तरिका शरीरमा दबाब बढाउन पट्टी बाँध्नु, व्यायाम गर्नु र रोगीलाई राम्रो खानाको सल्लाह दिनु हो । आन्द्रे भन्छन्, 'कसैले मानून् कि नमानून्, तर खुलेर हाँस्नुसमेत अल्सर रोगीका लागि धेरै सहयोगी सावित हुन सक्छ किनभने हाँस्नाले डायफ्राममा कम्पन्न हुन्छ, जसले सम्पूर्ण शरीरमा रगतको प्रवाह हुन्छ ।' यो अनुसन्धानका बेला यस्ता रोगीमा ध्यान दिइएको थियो, जसको अल्सर छ महिनासम्म निको भएको थिएन ।
स्तनपानका धेरै फाइदामा अर्को पनि थपिएको छ । नयाँ अनुसन्धानअनुसार स्तनपान गराउनाले शिशुको मस्तिष्कको विकास राम्रो हुन्छ । अक्सफोर्ड विश्वविद्यालयको नेतृत्वमा भएको अनुसन्धानमा अध्ययनकर्ताहरूले के पाए भने नवजात शिशुलाई न्यूनतम चार सातासम्म स्तनपान गराउनाले तिनको मस्तिष्कको विकासमा उचित प्रभाव पर्छ । यो प्रभाव ती माध्यमिक स्कुल पुग्दासम्म यथावत् रहन्छ ।
'आमाको दूध पर्याप्त मात्रामा चुस्ने बालबालिका बढी मेधावी हुने तथ्य यो अध्ययनले स्थापित भइसकेको छ,' अनुसन्धानमा संलग्न मारिया लाकोभ भन्छिन्, 'यसअघिसम्म मस्तिष्क विकासमा स्तनपानको प्रभावबारे कुनै ठोस प्रमाण थिएन ।'

स्वास्थ्यका लागि स्तनपानको फाइदाबारे सबैले जानेकै छन् भन्दै मारिया थप्छिन्, 'अब हामी प्रमाणसहित भन्न सक्छौं, बालबालिकाको मस्तिष्कको विकासका लागि स्तनपान धेरै लाभदायक छ ।' जन्मदेखी ६ महिनासम्म मात्र आमाको दूध खुवाउनुपर्ने चिकित्सकहरूले बताउँदै आएका छन् ।

गहिरो मित्रताले बालबालिका फिट
तपाईंका बालबालिका आफ्ना 'बेस्ट फ्रेन्ड' सँग बढी समय बिताउन रुचाउँछन् भने निकै राम्रो कुरा हो । हालैको अनुसन्धानले के देखाएको छ भने गहिरो मित्रतामा रमाउने बालबालिकाको शारीरिक विकास तीव्र गतिले हुन्छ । 'मेडिसिन एन्ड साइन्स इन एक्सपोर्टस् एन्ड एक्सरसाइज' को अनलाइन संस्करणमा प्रकाशित उक्त अनुसन्धानमा के पनि भनिएको छ भने अचेल बालबालिकाले सामूहिक रूपले खेल्ने वातावरण कम भएकाले तिनको शारीरिक विकास अपेक्षित रूपमा हुन नपाएको हो ।

यो अनुसन्धानका लागि १०-११ वर्ष उमेर समूहका ९ सय ८६ बालबालिकाको अध्ययन गरियो । बि्रस्टल विश्वविद्यालयमा नीति अध्ययनसँग सम्बद्घ डा. रस र उनका सहयोगीले ती बालबालिकाको पोषण, व्यायाम र सहयोगीको गतिविधिका आधारमा यो अनुसन्धानको परिणाम बाहिर ल्याएका हुन् । अनुसन्धानमा सामेलमध्ये ४ सय ७२ बालबालिका शारीरिक परिश्रम पर्ने गतिविधिमा आफ्ना मिल्ने साथीभाइसँग मजाले भाग लिन्थे । यसपछि ती बालबालिकालाई सोधिएको थियो, 'तिम्रो सबैभन्दा मिल्ने साथी को हो ? उसले कुनकुन कुरा तिमी मान्छौ ?' बालबालिकाबाट पाइएका जानकारी परीक्षण गरियो । यसका आधारमा अनुसन्धानको परिणाम घोषित गरियो, जसअनुसार गहिरो मित्रताले बालबालिकालाई मानसिक रूपले मात्र नभई शारीरिक रूपले समेत शक्तिशाली बनाउँछ । मित्रताका कारण बालबालिका सक्रिय र फिट रहने सम्भावना बढी हुन्छ ।
तपाईं राम्रो निर्णय लिनुपर्ने दबाबमा हुनुहुन्छ भने पेटभर पानी खानुस् । पानी मजाले खाएका कुनै पनि व्यक्तिले उपयुक्त निर्णय गर्न सक्ने साइकलोजिकल साइन्स जर्नलले जनाएको छ । अनुसन्धानकर्ताहरूले पाएअनुसार पेटमा पानी पर्याप्त भएपछि मस्तिष्कको आत्मनियन्त्रण प्रक्रियाले तत्काल हरेक क्षेत्रमा संयम कायम गर्छ । र, यो स्थितिमा कुनै पनि व्यक्तिलाई खर्च तथा अन्य कुराबारे समेत महत्त्वपूर्ण निर्णय सहज हुन्छ ।

नेदरल्यान्डस्को त्वेन्ते विश्वविद्यालयका अनुसन्धानकर्ताहरू के भन्छन् भने मूत्राशयको नियन्त्रणको सम्पर्क मस्तिष्कको त्यो भागसँग हुन्छ जसले इच्छा र त्यो पूरा भएको अवस्थामा हुने अनुभूतिलाई सक्रिय पार्छ । अध्ययनअनुसार पिसाब फेर्दाताका सम्बन्धित शब्दबारे सोच्नाले समेत यही प्रभाव हुन्छ ।

घाउमा बरफ नलगाऔं
नयाँ अनुसन्धानअनुसार घाउमा बरफ लगाउँदा त्यो निको हुने प्रक्रियामा विपरीत असर पर्छ । घाउ निको पार्न महत्त्वपूर्ण मानिने खास प्रकारको हार्मोन 'आईजीएफ-१' को सक्रियता बरफ लगाउनाले प्रभावित हुने अनुसन्धानकर्ताहरू बताउँछन् । मुख्यतः मांसपेसीको पीडामा बरफ लगाउनु कुनै पनि हिसाबले सुरक्षित हुन्न ।
नयाँ सामग्री पुराना सामग्री मूलपेज
View all
Get your own
Henkhama The Earth
अन्य लिङ्क
  • नेपालीबाट युनिकोड रुपान्तरण

  • हेन्खामा ब्लग

  • अति अावश्यक लिङ्क

एफएम रेडियो
  • नेपाल एफएम
  • रेडियो कान्तिपुर
  • उज्यालो अनलाइन
ताजा अपडेट
पेजमेनु
  • मूलपेज
  • स्वास्थ्य
  • समसामयिक
  • सूचना प्रविधि
  • फोटो ग्यालरी
  • मनोरन्जन
  • तपाइको चौतारी
  • विविध
पपुलर पोष्ट
  • रुघाखोकी र घाँटीको खसखसबाट कसरी जोगिने ?
  • दुबी रोग, उपचार
  • लसुनको फाइदा र बेफाइदा
  • नेपाल विद्युत प्राधिकरणको Loadshedding Schedule
  • एपेन्डिक्स भनेको के हो ? यस्का लक्षणहरु
  • स्मरण शक्ति बढाउने ५ उपाय
  • सुताइको सहस्य
  • जडिबुटी:सिस्नु घरिया र ऐंसेलु
  • थोरै खाएर आफ्नो जीवनलाई खतरामा
  • नमस्ते खोटाङ बृतचित्र
आर्काइभ
  • ►  2010 (4)
    • ►  November (1)
    • ►  December (3)
  • ►  2011 (68)
    • ►  February (2)
    • ►  March (4)
    • ►  April (1)
    • ►  July (10)
    • ►  August (22)
    • ►  September (6)
    • ►  October (5)
    • ►  November (10)
    • ►  December (8)
  • ►  2012 (94)
    • ►  January (5)
    • ►  February (10)
    • ►  March (11)
    • ►  April (3)
    • ►  May (10)
    • ►  June (3)
    • ►  July (14)
    • ►  August (8)
    • ►  September (3)
    • ►  October (6)
    • ►  November (2)
    • ►  December (19)
  • ►  2013 (19)
    • ►  January (5)
    • ►  February (2)
    • ►  March (9)
    • ►  April (1)
    • ►  May (1)
    • ►  August (1)
  • ►  2014 (14)
    • ►  February (1)
    • ►  June (6)
    • ►  December (7)
  • ►  2015 (30)
    • ►  January (6)
    • ►  March (7)
    • ►  April (1)
    • ►  June (1)
    • ►  August (1)
    • ►  September (3)
    • ►  December (11)
  • ►  2016 (28)
    • ►  January (13)
    • ►  February (7)
    • ►  March (8)
  • ►  2017 (1)
    • ►  February (1)
  • ▼  2018 (2)
    • ►  August (1)
    • ▼  October (1)
      • गर्भावस्थामा पिउनैपर्ने जुस
©: सञ्जिवनी २०१५

| मूलपेज | सञ्जिवनी | नेपाली युनिकोड | सम्पर्क |