खुट्टाको अल्सरबाट मुक्ति पाउन अत्याधुनिक प्रविधिको उपचारभन्दा हाँसो बढी प्रभावकारी हुन सक्छ । लिड्स विश्वविद्यालयका अनुसन्धानकर्ताहरू यसै भन्छन् । हाँस्दा रगतको प्रवाह बढ्छ ।
खुट्टाको अल्सरको उपचारमा धेरैजसो स्वास्थ्य संस्थाहरू अल्ट्रासाउन्डको उपयोग गर्छन् । तर पछिल्लो पाँच वर्षमा ३ सय ३७ रोगीहरूमा गरिएको अनुसन्धानअनुसार यो तरिका छिट्टै रोग मुक्त पार्नका लागि त्यति उपयोगी छैन । लिड्सका अनुसन्धानकर्ता प्रा. आन्द्र नेल्सनका अनुसार यस्ता रोगीको उपचारका लागि रोगीको मुटुदेखि खुट्टासम्म रगतको प्रवाह बढाउनु आवश्यक हुन्छ ।
यसको सबैभन्दा राम्रो तरिका शरीरमा दबाब बढाउन पट्टी बाँध्नु, व्यायाम गर्नु र रोगीलाई राम्रो खानाको सल्लाह दिनु हो । आन्द्रे भन्छन्, 'कसैले मानून् कि नमानून्, तर खुलेर हाँस्नुसमेत अल्सर रोगीका लागि धेरै सहयोगी सावित हुन सक्छ किनभने हाँस्नाले डायफ्राममा कम्पन्न हुन्छ, जसले सम्पूर्ण शरीरमा रगतको प्रवाह हुन्छ ।' यो अनुसन्धानका बेला यस्ता रोगीमा ध्यान दिइएको थियो, जसको अल्सर छ महिनासम्म निको भएको थिएन ।
स्तनपानका धेरै फाइदामा अर्को पनि थपिएको छ । नयाँ अनुसन्धानअनुसार स्तनपान गराउनाले शिशुको मस्तिष्कको विकास राम्रो हुन्छ । अक्सफोर्ड विश्वविद्यालयको नेतृत्वमा भएको अनुसन्धानमा अध्ययनकर्ताहरूले के पाए भने नवजात शिशुलाई न्यूनतम चार सातासम्म स्तनपान गराउनाले तिनको मस्तिष्कको विकासमा उचित प्रभाव पर्छ । यो प्रभाव ती माध्यमिक स्कुल पुग्दासम्म यथावत् रहन्छ ।
'आमाको दूध पर्याप्त मात्रामा चुस्ने बालबालिका बढी मेधावी हुने तथ्य यो अध्ययनले स्थापित भइसकेको छ,' अनुसन्धानमा संलग्न मारिया लाकोभ भन्छिन्, 'यसअघिसम्म मस्तिष्क विकासमा स्तनपानको प्रभावबारे कुनै ठोस प्रमाण थिएन ।'
स्वास्थ्यका लागि स्तनपानको फाइदाबारे सबैले जानेकै छन् भन्दै मारिया थप्छिन्, 'अब हामी प्रमाणसहित भन्न सक्छौं, बालबालिकाको मस्तिष्कको विकासका लागि स्तनपान धेरै लाभदायक छ ।' जन्मदेखी ६ महिनासम्म मात्र आमाको दूध खुवाउनुपर्ने चिकित्सकहरूले बताउँदै आएका छन् ।
गहिरो मित्रताले बालबालिका फिट
तपाईंका बालबालिका आफ्ना 'बेस्ट फ्रेन्ड' सँग बढी समय बिताउन रुचाउँछन् भने निकै राम्रो कुरा हो । हालैको अनुसन्धानले के देखाएको छ भने गहिरो मित्रतामा रमाउने बालबालिकाको शारीरिक विकास तीव्र गतिले हुन्छ । 'मेडिसिन एन्ड साइन्स इन एक्सपोर्टस् एन्ड एक्सरसाइज' को अनलाइन संस्करणमा प्रकाशित उक्त अनुसन्धानमा के पनि भनिएको छ भने अचेल बालबालिकाले सामूहिक रूपले खेल्ने वातावरण कम भएकाले तिनको शारीरिक विकास अपेक्षित रूपमा हुन नपाएको हो ।
यो अनुसन्धानका लागि १०-११ वर्ष उमेर समूहका ९ सय ८६ बालबालिकाको अध्ययन गरियो । बि्रस्टल विश्वविद्यालयमा नीति अध्ययनसँग सम्बद्घ डा. रस र उनका सहयोगीले ती बालबालिकाको पोषण, व्यायाम र सहयोगीको गतिविधिका आधारमा यो अनुसन्धानको परिणाम बाहिर ल्याएका हुन् । अनुसन्धानमा सामेलमध्ये ४ सय ७२ बालबालिका शारीरिक परिश्रम पर्ने गतिविधिमा आफ्ना मिल्ने साथीभाइसँग मजाले भाग लिन्थे । यसपछि ती बालबालिकालाई सोधिएको थियो, 'तिम्रो सबैभन्दा मिल्ने साथी को हो ? उसले कुनकुन कुरा तिमी मान्छौ ?' बालबालिकाबाट पाइएका जानकारी परीक्षण गरियो । यसका आधारमा अनुसन्धानको परिणाम घोषित गरियो, जसअनुसार गहिरो मित्रताले बालबालिकालाई मानसिक रूपले मात्र नभई शारीरिक रूपले समेत शक्तिशाली बनाउँछ । मित्रताका कारण बालबालिका सक्रिय र फिट रहने सम्भावना बढी हुन्छ ।
तपाईं राम्रो निर्णय लिनुपर्ने दबाबमा हुनुहुन्छ भने पेटभर पानी खानुस् । पानी मजाले खाएका कुनै पनि व्यक्तिले उपयुक्त निर्णय गर्न सक्ने साइकलोजिकल साइन्स जर्नलले जनाएको छ । अनुसन्धानकर्ताहरूले पाएअनुसार पेटमा पानी पर्याप्त भएपछि मस्तिष्कको आत्मनियन्त्रण प्रक्रियाले तत्काल हरेक क्षेत्रमा संयम कायम गर्छ । र, यो स्थितिमा कुनै पनि व्यक्तिलाई खर्च तथा अन्य कुराबारे समेत महत्त्वपूर्ण निर्णय सहज हुन्छ ।
नेदरल्यान्डस्को त्वेन्ते विश्वविद्यालयका अनुसन्धानकर्ताहरू के भन्छन् भने मूत्राशयको नियन्त्रणको सम्पर्क मस्तिष्कको त्यो भागसँग हुन्छ जसले इच्छा र त्यो पूरा भएको अवस्थामा हुने अनुभूतिलाई सक्रिय पार्छ । अध्ययनअनुसार पिसाब फेर्दाताका सम्बन्धित शब्दबारे सोच्नाले समेत यही प्रभाव हुन्छ ।
घाउमा बरफ नलगाऔं
नयाँ अनुसन्धानअनुसार घाउमा बरफ लगाउँदा त्यो निको हुने प्रक्रियामा विपरीत असर पर्छ । घाउ निको पार्न महत्त्वपूर्ण मानिने खास प्रकारको हार्मोन 'आईजीएफ-१' को सक्रियता बरफ लगाउनाले प्रभावित हुने अनुसन्धानकर्ताहरू बताउँछन् । मुख्यतः मांसपेसीको पीडामा बरफ लगाउनु कुनै पनि हिसाबले सुरक्षित हुन्न ।
नेदरल्यान्डस्को त्वेन्ते विश्वविद्यालयका अनुसन्धानकर्ताहरू के भन्छन् भने मूत्राशयको नियन्त्रणको सम्पर्क मस्तिष्कको त्यो भागसँग हुन्छ जसले इच्छा र त्यो पूरा भएको अवस्थामा हुने अनुभूतिलाई सक्रिय पार्छ । अध्ययनअनुसार पिसाब फेर्दाताका सम्बन्धित शब्दबारे सोच्नाले समेत यही प्रभाव हुन्छ ।घाउमा बरफ नलगाऔं
नयाँ अनुसन्धानअनुसार घाउमा बरफ लगाउँदा त्यो निको हुने प्रक्रियामा विपरीत असर पर्छ । घाउ निको पार्न महत्त्वपूर्ण मानिने खास प्रकारको हार्मोन 'आईजीएफ-१' को सक्रियता बरफ लगाउनाले प्रभावित हुने अनुसन्धानकर्ताहरू बताउँछन् । मुख्यतः मांसपेसीको पीडामा बरफ लगाउनु कुनै पनि हिसाबले सुरक्षित हुन्न ।
के हो आकस्मिक गर्भ निरोधक ?
असुरक्षित यौनसम्पर्क भएपछि ५ दिन (१ सय २० घण्टा) भित्र विभिन्न औषधी प्रयोग गरेर गर्भलाई निरन्तरता नदिने उपायलाई आकस्मिक गर्भनिरोध भनिन्छ ।
गर्भ कसरी रहन्छ ?
मुख्यतयाः १५ देखि ४९ वर्षसम्मका महिलाहरू सन्तानोत्पादन कार्यका लागि समर्थ हुन्छन् । अधिकांश महिलामा २८ दिनमै रजस्वला हुन्छ । रजस्वला भएको पहिलो दिनबाट गन्ती गर्दा मुख्यतया १०औं देखि २०औं दिनभित्र डिम्बाशयबाट डिम्ब निस्कन्छ, जुन डिम्बनली हुँदै गभार् शयसम्म पुग्छ । गर्भ नरहे उक्त डिम्ब गर्भाशयबाट बाहिर गै नष्ट हुन्छ । डिम्ब निस्किएको समयले ४८ घण्टासम्म सक्रिय हुन्छ । यो समयमा शुक्रकीट सँग भेट भए गर्भ रहने प्रक्रिया सुरु हुन्छ । उक्त गर्भ त्यो दिन पाठेघरमा आइपुग्छ र २-३दिनपछि पाठेघर भित्र टाँसिने प्रक्रिया सुरु हुन्छ ।
आकस्मिक रूपमा गर्भ निरोध गर्नुपर्ने अवस्था
गर्भनिरोधका कुनै पनि साधन प्रयोग नगरी यौनसम्पर्क भए,
गर्भनिरोधका साधन प्रयोग भए पनि कन्डम फुटे, चिप्लिए, डायफ्राम निक्लिए वा अरू कुनै तरिकाले वीर्य योनिमा पोखिए,
यौन दुव्र्यवहार जस्तै बलात्कार वा जबरजस्ती करणीबाट पीडित महिलाहरू,
परिवार नियोजनको प्राकृतिक विधि प्रयोग गरिरहेकाहरूमा सुरक्षित अवधि को गणना गलत भै गर्भ रहने सम्भावना देखिए,
२ दिनसम्म गर्भ निरोधक औषधी खान बिर्सिए ।
आकस्मिक गर्भ निरोधका साधनहरूको प्रयोग विधि
यहाँ आकस्मिक भन्ने शब्दबाटै के बुझ्नुपर्छ भने यी साधनको प्रयोग आकस्मिकभन्दा बढी प्रयोग गर्नुहुँदैन ।
अझ नियमित परिवार नियोजनको साधनका रूपमा प्रयोग गरे महिला स्वास्थ्यमा नकारात्मक असर देखिन्छ ।
१. Levonorgestrel xfdf]{g eCON /postinor आदि नाममा बजारमा पाइन्छ ।
कसरी प्रयोग गर्ने ?
असुरक्षित यौन सम्पर्क भएपछि जति सक्दो चाँडो (१ सय २० घण्टा अघि नै) १ चक्की खाने र त्यसको ठीक १२ घण्टापछि दोस्रो चक्की खाने अथवा दुइटै चक्की एकै पटक खाने ।
सुनौलो गुलाफ, निलोकन ह्वाइट कसरी प्रयोग गर्ने ?
४ चक्की एकै पटक खाने र त्यसको ठिक १२ घण्टापछि अर्को ४ चक्की खाने ।
नोटः यदि २ घण्टाभित्र बान्ता भए सबै औषधी पुनः सेवन गर्नुपर्छ । औषधी सुरु गर्नु १ घण्टा अगावै बान्ता रोक्ने औषधीे सेवन गर्नुपर्छ ।
IUCD(Intra-Uterine Contraceptive Device) को प्रयोग अर्को विकल्प हुनसक्छ । यसको व्यवहारिक प्रयोग अलि झन्झटिलो छ । पाठेघरको संक्रमण भएको अवस्थामा यसको प्रयोग गर्नुहुँदैन ।
अनुगमन
यदि तीन सातामा महिनाबारी नभए स्वास्थ्य संस्थामा देखाउनु आवश्यक छ ।
अनियमित गर्भनिरोधका साधनहरूका बारेमा थप छलफल र परामर्श आवश्यक भए ।
महिनावारी हुँदा
अघिल्लो पटकको भन्दा निम्न तरिकाले भिन्न भए ।
रगत कम बगे गर्भ रहेको हुनसक्ने हुँदा जचाउनुपर्छ ।
गर्भनिरोधका साधनको आकस्मिक प्रयोग गर्दा कहिलेकाहीं अपवादस्वरुप डिम्बनलीमा गर्भ रही तल्लो पेट अत्यधिक दुखे तुरुन्त चिकित्सकलाई देखाउनैपर्छ ।
आकस्मिक गर्भनिरोधकका साधारण असर
वाकवाकी लाग्ने
बान्ता हुने
टाउको दुख्ने
अनियमित योनि रक्तस्राव
स्तन दुख्ने
गर्भ भए गर्भको शिशुलाई पर्ने असरका बारेमा विभिन्न धारणा छन् । चिकित्सकको सल्लाह अनुसार ती चक्कीको सेवन बन्द गर्नुपर्छ ।
नोटः यी साधनको प्रयोगले एचआईभी/एड्स तथा अन्य यौनरोगबाट बचाउँदैनन्, त्यसकारण कण्डमको प्रयोग आवश्यक देखिन्छ ।
यदि १ सय २० घण्टा भए के गर्ने ?
आकस्मिक गर्भ निरोधकको प्रयोग नगर्ने । तीन हप्तासम्म पनि महिनावारी नभए स्वास्थ्य संस्थामा गै गर्भ रहे-नरहेको जाँच गराइ, अरू विधिको उपयोग दक्ष जनशक्तिबाट गर्नुपर्छ ।
आकस्मिक उपायः कति सुरक्षित
यसका केही नकारात्मक असर छन्, तसर्थ परामर्श र सही प्रयोग आवश्यक हुन्छ ।
पुनश्चः परिवार नियोजनका नियमित साधनका रूपमा आकस्मिक गर्भ निरोधकलाई प्रयोग गर्नु यसको उद्देश्य होइन ।
सारांश
आकस्मिक गर्भ निरोधकको सही प्रयोग आवश्यक छ । केही समय यता यसलाई नियमित परिवार नियोजनको साधनका रूपमा प्रयोग गर्ने गलत परिपाटी बसेको छ । यसले यौनरोगबाट बचाउँदैन । दक्ष स्वास्थ्यकर्मीको परामर्श लिएर, उपयुक्त समयमा, सही तथा सक्कली औषधी प्रयोग गरे मात्र यसको लाभ प्राप्त हुन्छ ।
मानव शरीर सञ्चालनका लागि क्यालोरीको आवश्यकता पर्छ। क्यालोरी शरीरलाई चाहिने एक प्रकारको पदार्थ हो जसले शरीरलाई शक्ति प्रदान गर्छ। आवश्यकताभन्दा धेरै क्यालोरी शरीरमा जम्मा भयो भने त्यसले मोटोपन बढाउँछ। मोटाइले सुन्दरतालाई मात्र होइन स्वास्थ्यलाई पनि असर पुर्याउँछ। मोटाउनु राम्रो होइन भन्दै आफूलाई मन लागेको खानेकुरा खान छोड्ने कुरा पनि राम्रो होइन। सन्तुलित भोजनले शरीरलाई ठीक अवस्थामा राख्छ भन्ने तथ्यलाई धेरैले नबुझेका कारण अहिले कतिपय मोडल तथा कलाकारले थोरै खाएर आफ्नो जीवनलाई खतरामा पार्ने गरेका छन्।
बढ्दो सहरीकरण, भौतिक आविष्कार तथा सुविधाबाट मानिसको दैनिकी सरल बन्दै गएको छ। ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा मोटोपन बढेको तथा त्यही मोटोपनका कारण रोग बढेको पाइन्छ। उच्चस्तरको खानपान तथा न्यून शारीरकि व्यायाम मोटोपन बढ्ने प्रमुख कारण हो। कसै-कसैले यसलाई वंशानुगत गुणका रूपमा व्याख्या गरेका छन्। केही हदसम्म मोटोपनको कारण वंशानुगत पनि हुनसक्छ तर शरीरलाई चाहिनेभन्दा बढी खाने अनि दोष अरूलाई दिने बानीले आफूलाई नै असर गररिहेको हुन्छ भन्ने कुरा बुझ्नुपर्छ। हामीले घरभित्र गर्ने नियमित कार्य तथा केही व्यायामले मात्र पनि शरीरलाई सन्तुलित राख्छ। अर्कातर्फ मोटोपन शरीरको पाचन प्रणालीमा पनि भर पर्छ। एउटै प्रकारको खाना खाने तथा एउटै दैनिकीमा चल्ने दुई जना मानिस दाँज्दा पनि एउटाको शरीर मोटो तथा अर्काको शरीर पातलो एवं फुर्तिलो हुनसक्छ।

हाम्रो शरीरमा बढी भएको क्यालोरी खर्च गर्नु नै मोटोपनबाट बच्ने उपाय हो। यसका लागि भारी शारीरकि व्यायाम नै गर्नुपर्छ भन्ने छैन। सकारात्मक सोच, दृढ एवं आत्मअनुशासनका साथै उचित व्यायाम गर्ने बानी बसाल्नुपर्छ। हिँजोआज युवतीहरू दुब्लाउने प्रयासमा कठोर डायटिङ गर्छन्। यसको दीर्घकालीन प्रभाव हानिकारक हुन्छ। कठिन डायटिङ गर्ने युवतीहरूबाट जन्मने शिशु विकलाङ्ग, सुस्तमनस्थिति, कमजोर, रोगी तथा प्रतिरोध क्षमताका कमी हुने सम्भावना हुन्छ। त्यसकारण प्रत्येक व्यक्तिले आफ्नो शरीरको तौल, उचाइ तथा स्वास्थ्यस्थिति सुधार गर्न खाना खाने विधि तथा व्यायाम गर्ने विधिको निश्चित नियम बनाउनुपर्छ।
व्यायाम सुरु गर्नुअघि शरीरलाई तताउनुपर्छ। यसको उद्देश्य शरीरलाई चोटपटक लाग्न नदिनु, अघिको व्यायामका लागि शरीरका मांसपेशीहरूलाई खुकुलो पार्नु हो।
नाकबाट लामो श्वास लिने र मुखबाट बाहिर फाल्ने।
दौड सुरु गर्नुअघि एक दुई सय पाइला हिँड्ने वा जगिङ गर्ने बानी बसाल्नुपर्छ।
वार्मिङ अपपछि ३० मिनेटसम्म निरन्तर अथवा १०/१० मिनेट गरी तीन चरणमा व्यायाम गर्नुपर्छ।
खाली पेटमा अथवा धेरै खाएर कहिल्यै व्यायाम गर्नु हुँदैन।
व्यायाम गर्दा शरीरको धेरै पानी खर्च हुन्छ। यसका लागि अधिकतम पानी पिउनुपर्छ।
व्यायामलाई नियमितता दिनुपर्छ। उमेर सुहाउँदो व्यायाम गर्नु राम्रो हुन्छ। यसले शरीरमा लचकता ल्याउँछ भने दैनिक गतिविधिका काममा चुस्तता महसुस गर्न सकिन्छ।
अफिसमा लिफ्ट छ भने त्यसको प्रयोग नगरेर भर्याङ नै प्रयोग गर्नु उपयुक्त हुन्छ।
गाडीलाई आफ्नो अफिसभन्दा केही टाढा पार्क गर्नु राम्रो मानिन्छ।
टीभी च्यानललाई रिमोटले परविर्तन गर्नुभन्दा आफैं उठेर परविर्तन गर्नु राम्रो हुन्छ।
घर सफा गर्ने, ओछ्यान बदल्ने, सिरक पट्याउने काम पनि व्यायाम हो। यसले पैसा खर्च गरेर व्यायाम गरिरहनुपर्ने आवश्यकता रहँदैन।
शरीरको व्यायमका लागि नृत्य गर्नु अथवा पौडी खेल्नु राम्रो मानिन्छ।
बिहानको खाजा तथा रातमा पनि कम खाना खानुपर्छ।
रातिको भोजभतेरमा जाँदा स्न्याक्स बढी खाएको अवस्थामा दाल-भात एकदमै कम खानु राम्रो हुन्छ।
ल एक गिलास तातोपानीमा मह, कागती तथा अदुवाको रस मिसाएर बिहानै खाली पेटमा खादा मोटोपन नियन्त्रण हुन्छ।
लिस्ट बनाएर सपिङ गर्दा अनावश्यक सामग्री खरदि गरिँदैन। यसले अनावश्यक खानेकुरा खानुपर्ने बाध्यताबाट बच्न सकिन्छ।

सफ्ट डि्रङ्कको सट्टा सादा पानी पिउनु स्वास्थ्यका दृष्टिले राम्रो मानिन्छ।
बोसोयुक्त मासु तथा रातो मासु खानुभन्दा माछा खानु उपयुक्त हुन्छ। माछाको तेल स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। यसले हृदयाघातको सम्भावनालाई घटाउँछ।
खाना पकाउने तरिका परविर्तन गर्नु राम्रो हुन्छ। खानेकुरा फ्राई गर्नुभन्दा उसिनेर पकाउनुपर्छ।
खाना मज्जासँग चपाएर खानुपर्छ। लामो समय लगाएर खानाको आनन्द लिनु नै स्वास्थ्य र स्वादका लागि राम्रो मानिन्छ।
आफ्नो खानाको मात्रा घटाउन सानो भाँडाको प्रयोग गर्नुपर्छ। डिनर प्लेटको सट्टा सलाद प्लेट प्रयोग गर्दा खानाको मात्रा कम हुन्छ।
दहीको सेवन प्रशस्त गर्नुपर्छ। यसले प्रोटिनलाई घटाउन सहयोग पुर्याउँछ।




