• मूलपेज
  • स्वास्थ्य
  • समसामयिक
  • सूचना प्रविधि
  • फोटो ग्यालरी
  • मनोरञ्जन
  • तपाइको
  • जानकारी
  • सञ्जिवनी
गर्भवती महिलालाई खानाको कमी भएमा गर्भमा रहेको शिशुले आवश्यक मात्रामा पोषकतत्व प्राप्त गर्दैन । यसबाट गर्भमा रहेको शिशु कमजोर हुने गर्छ ।
यस्तो हुन नदिन पनि गर्भवती महिलाले गर्मीे मौसममा पर्याप्त मात्रामा फलफूल तथा फलफूलको जुस सेवन गर्नु आवश्यक छ । फलफूलको जुसले शरीरलाई शीतलता प्रदान गर्ने मात्र नभई शरीरलाई आवश्यक पर्ने भिटामिन, मिनरल्स लगायतका आवश्यक तत्व समेत प्रदान गर्छ ।
सुन्तला वा मौसमको जुस
गर्भावस्थामा सुन्तला वा मौसमको जुस पिउनु पनि शरीरका लागि निकै उपयोगी मानिन्छ । सुन्तला तथा मौसममा पर्याप्त मात्रामा भिटामिन पाइन्छ । यसमा फोलिक एसिड पनि भरपूर मात्रामा पाइन्छ ।  यसको सेवनले शरीरमा रगतको कमी हुन पाउँदैन । साथै यसको सेवनले गर्भमा रहेको शिशुको मांसपेशी विकास गर्न मद्दत गर्छ । यसको सेवनले शिशुमा संक्रमण हुने खतरा पनि कम गर्छ ।
किवीको जुस
किवीमा प्रशस्त मात्रामा भिटामिन, मिनरल्स, फाइबर तथा कार्बोहाइड्रेट पाइन्छ । यसको सेवनले गर्भमा रहेको शिशुलाई आवश्यक पोषण तत्व प्राप्त हुन्छ । साथै, यसमा रहेको पोषण तत्वले पेट सम्बन्धी समस्या कम गर्ने भएकाले पनि गर्मीको मौसममा गर्भवती महिलाहरूले किवीकेा जुस सेवन गर्नु राम्रो हुन्छ ।
गाजरको जुस
गाजरमा पर्याप्त मात्रामा भिटामिन ‘ए’ पाइन्छ । यसको सेवनले थकान कम हुनुका साथै शरीरमा स्फूर्ति बढ्ने गर्छ । त्यसका साथै, जागरको जुसको सेवनले शरीरमा रगतको कमी हुन दिँदैन ।
  अंगुरको जुस
अंगुरमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट तत्व हुन्छ, जसको सेवनले गर्भमा रहेको शिशु स्वस्थ रहनुका साथै गर्भवती महिलालाई आवश्यक पोषणतत्व प्रदान हुन्छ । अंगुरलाई फल, जुस वा अन्य जुससित मिसाएर पनि सेवन गर्न सकिन्छ । यसको सेवनले शरीरमा आवश्यक पोषणका साथै भिटामिन प्राप्त हुन्छ ।
स्याउको जुस
गर्भावस्थामा स्याउको जुस निकै फाइदाजनक मानिन्छ । स्याउमा प्रशस्त मात्रामा आइरन हुन्छ, जसले शरीरमा रगत बढाउनुका साथै रगत सम्बन्धी रोग लाग्नबाट जोगाउँछ । साथै यसको सेवनले शरीरमा हेमोग्लोविनको कमी हुन दिँदैन ।
यो पनि
तौल नियन्त्रणका लागि जुस मात्र पिउँदा के हुन्छ ?

ताजा जुसको सेवन स्वास्थ्यका लागि एकदमै लाभदायक हुन्छ । जुसले पाचन यन्त्रलाई सहज बनाउने मात्र होइन, पोषण पनि दिन्छ । फल, सब्जी आदिको जुस बनाइन्छ । बजारमा उपलब्ध प्याकेटको जुस भने त्यती लाभदायक नहुने बताइन्छ । संभव भएसम्म ताजा फलफूलको जुस सेवन गर्नुपर्छ । यसले स्वास्थ्यमा राम्रो फाइदा त गर्छ, तर यसका लागि केही सावधानी भने अपनाउनुपर्छ ।
खासगरी तौल कम गर्नका लागि जुस निकै प्रभावकारी हुन्छ । साथै शरीरलाई सही सेपमा ढाल्नका लागि यसले सहयोग गर्छ । अन्य ठोस पदार्थ अर्थात खानेकुरा भने नियन्त्रण गर्नुपर्छ ।
त्यसो त शरीरको शुद्धिकरणका लागि पनि हामी दिनभर जुस सेवन गर्न सक्र्छौं । खानेकुराको बदलामा जुस सेवन गर्न सकिन्छ । यद्यपी यसका लागि निश्चित तालिका हुनुपर्छ । र, भिन्न भिन्नै फलफूल एवं सब्जीको जुस सेवन गर्नुपर्छ ।
यस किसिमको खानपान तालिका अनुसरण गर्नुअघि पोषणविद्सँग भने सल्लाह गर्नैपर्छ । अतः यसरी अन्य खानेकुरा छाडेर जुस मात्र सेवन गरिरहँदा शरीरमा के असर गर्छ त ?
–     वाटर वेट कम हुन्छ ।
–     मेटाबोलिज्म धिमा हुनसक्छ ।
–     उर्जा कम हुनसक्छ ।
–     पेटलाई आरम मिल्छ ।
–     भोक कम गर्छ ।
वाटर वेट कम हुन्छ
हाम्रो मांसपेशीमा ग्लाइकोजेनका साथ धेरै मात्रामा पानी स्टोर हुन्छ जसलाई वाटर वेट भनिन्छ ।
मेटाबोलिज्म धीमा हुनसक्छ
जब हामी खाद्य पदार्थ सेवन गर्दैनौ हाम्रो शरीरमा पर्याप्त उर्जा मिल्दैन । त्यही कारण मेटाबोलिज्म धिमा हुनसक्छ । जुन क्लिन्ज तौल नियन्त्रण गर्नमा सहयागी हुन्छ तर लामो समयसम्म त्यसको पालना गर्दा हानिकारक हुनसक्छ ।
उर्जा कम हुन्छ
जब हामी फल र सब्जीको जुस सेवन गर्छौं, तब हाम्रो आहारमा क्यालोरी कम हुन्छ । यसले गर्दा शरीरमा पर्याप्त उर्जा मिल्दैन । थकान महसुष हुन्छ ।
पेटलाई आरम मिल्छ
हामी दिनभर जे पनि खान्छौं, स्न्याक्स, सुगर, अस्वस्थ्य खाद्य पदार्थ आदि यी कुरा पचाउनका लागि निकै गाह्रो हुन्छ । तर जब जुस मात्र सेवन गर्छौं, यसलाई पचाउनका लागि खास मेहनत गर्नुपर्दैन । पेटलाई आरम मिल्छ ।
यो पनि
कसरी बनाउने जमराको जुस ?
जमरा भन्नसाथ हामी दशैं सम्झन्छौं । अक्सर दशैंमा विभिन्न अन्नको जमरा उमारेर शिरमा सिउरिने गरिन्छ । जमरा शिरमा सिउरिन किन योग्य छ भन्ने कुरा यसको औषधिय गुणबाट पनि थाहा पाउन सकिन्छ । यो एक आयुर्वेदिक औषधी हो, जो हाम्रो स्वास्थ्यका लागि अत्यान्तै लाभदायक छ ।
के पाइन्छ गहुँको जमरामा ?
जमरा राम्रो आहार पनि हो । खासगरी गहुँको जमरा उमारेर नियमित रुपमा त्यसको रस पिउँदा निकै लाभ मिल्छ । किनभने यसमा पोषक तत्व पाइन्छ, जसमध्ये क्लोरोफिल अधिक हुन्छ । त्यसका साथै प्रोटिन, भिटामिन, फाइबर, क्याल्सियम र कार्बोहाइड्रेट्सको राम्रो स्रोत हो, गहुँको जमरा ।
के लाभ मिल्छ ?
गहुँको जमराको जुस सेवन गर्दा स्वास्थ्यमा फाइदा गर्छ । खासगरी मुख तथा दाँत सम्बन्धि समस्या हटाउन, रगतमा चिनीको मात्रा नियन्त्रित गर्न, पाचन यन्त्र बलियो बनाउन, कलेजोलाई स्वस्थ्य राख्न गहुँको जमरा उपयोगी हुन्छ । त्यसका साथै कतिपय छालाको समस्या र केसको समस्यामा पनि गहुँको जमरा लाभदायक हुन्छ ।
रेसेपीः
कसरी बनाउने गहुँको जमराको जुस ?
गहुँको जमरा त्यसै चपाएर पनि सेवन गर्न सकिन्छ । साथै यसबाट रस निकालेर पिउन पनि सकिन्छ । गहुँको जमराको जुस बनाएर पिउँदा स्वादिलो हुन्छ । कसरी बनाउने त जुस ?
१. आठदेखि दश वटा गहुँको जमरा जरामै काटेर राम्ररी धुने । अब यसलाई कुटेर रस निकाल्ने ।
२. अब एक सफा कपडामा त्यसलाई राख्ने र निचोर्नुपर्छ । यसको रस कुनै गिलासमा राख्नुपर्छ ।
३. यो जुसमा थोरै तुलसीको रस चुहाइदिन सकिन्छ । साथै मह र अदुवा पनि मिश्रण गर्न सकिन्छ ।
४. यो जुसमा थोरै पानी मिसाउनुहोस् । अब जुस पिउन सकिनेछ ।
कति पिउने ?
–     यदि तपाई कुनै रोगबाट ग्रसित हुनुहुन्छ भने प्रतिदिन तीसदेखि पचास एमएल जुस पिउनुहोस्, दिनमा दुई पटकसम्म ।
–     सुरुमा गहुँको जमराको रस थोरै पिउने र क्रमस मात्रा बढाउँदै लाने ।
–     एक हप्तामा कम्तिमा पाँच दिन यसको सेवन गर्नुपर्छ ।
कसरी उमार्ने गहुँको जमरा ?
–     अग्र्यानिक बिजको प्रयोग गर्नुपर्छ ।
–     सबैभन्दा पहिला गहुँको बिजलाई एक भाँडामा आठ देखि दश घण्टासम्म पानीमा भिजाएर राख्ने ।
–     अब कुनै गमलामा थोरै माटो राख्ने । उक्त गमलामा त्यती नै बिज राख्ने, जसलाई माटोले राम्ररी ढाक्न सकिन्छ ।
–     अब गमलामा पानी राखेर ओझेल भएको स्थानमा राख्नुपर्छ ।
–     एक हप्तासम्म एक-एक वटा गमलामा यसरी नै बिज रोप्नुहोस् ।
–     सात दिनपछि पहिलो पटक रोपेको गमलामा गहुँ अंकुराउन थाल्छ ।
–     खान योग्य जमरा काटेपछि उक्त खाली गमलामा पुन बिज रोप्नुहोस् ।
–     गमलामा हरेक दिन पानी हाल्नुपर्छ । यसलाई घामको सोझो सम्पर्कमा राख्नु हुँदैन ।
–     गहुँको जमरा उमार्नका लागि १८ देखि २० डिग्री तापमान उत्तम हो ।
साभार अनलाईन खबर
कब्जियत साझा स्वास्थ्य समस्या हो । यसले पेटमा गम्भीर गडबडी भएको संकेत गर्छ । सबै उमेरका मानिसमा देखिने यो रोगबाट विशेषगरी वृद्धवृद्धा पीडित छन् । कतिपय कब्जियतपीडित चिकित्सकको औषधि खाइरहेका छन् भने कतिपय घरेलु उपचारमै निर्भर छन् । विज्ञहरुका अनुसार कब्जियतका लागि घरेलु उपचार अन्य औषधिभन्दा बढी प्रभावकारी हुन्छ । कब्जियतबाट मुक्त हुने आठ तरिकाः


पानी
पानी कब्जियतको सबैभन्दा महत्वपूर्ण र उपयुक्त औषधि हो । बारम्बार प्रशस्त पानी पिएर वा झोलयुक्त खाना खाएर कब्जियत रोगबाट मुक्त हुन सकिन्छ । तर, पानीको नाममा सोडा वा अन्य पेय पदार्थ पिउनु कब्जियतको समाधान होइन । धारा वा कुवाको सफा पानी तताएर वा ‘प्युरिफाई’ गरेर पानी खाँदा कब्जियतको खतरा घट्नुका साथै कब्जियत भइसकेका व्यक्तिलाई पनि धेरै फाइदा गर्छ ।

फाइबरयुक्त खाना
हामी शरीरलाई चाहिने खानाको सट्टा अन्य अनावश्यक खानेकुरा खाएर पैसाको हिनामिना गरेका हुन्छौँ । तर, त्यही पैसाबाट पोसिलो र शरीरलाई हित गर्ने स्वस्थकर खानाको बारेमा हेक्का नराख्दा हामीले स्वास्थ्यमा ठूलो मूल्य चुकाइरहेका छाँै । जौ, गहुँ, रोटीजस्ता फाइबरयुक्त खााना पोसिलो मात्र होइन कब्जियतका लागि महत्वपूर्ण औषधि नै साबित भएका छन् ।

फलफूल तथा सागसब्जी
ताजा फलफूल तथा सब्जी उच्च पोषणयुक्त मात्र होइन, त्यसमा प्रशस्त फाइबर र तरल पदार्थ हुन्छ । यो हाम्रो समग्र पाचन पक्रियामा फाइदाजनक हुन्छ । तसर्थ, प्रशस्त हरियो सागसब्जी र ताजा फलफूल खाँदा कब्जियतको सम्भावना हँुदैन र भइसकेको कब्जियत पनि निको हुन्छ ।


गेडागुडी
भिटामिन र प्रोटिनयुक्त गेडागुडी र बिउबिजनको नियमित उपभोगले कब्जियतलाई स्वभाविक रुपमै अन्य गरिदिन्छ ।


तेल
जैतुनको गेडा, सब्जीको रस, भटमासको तेल, तिलको गेडा पनि कब्जियत
उपचारमा प्रयोग हुन्छ । यी खाद्य पदार्थमा निकै न्यून मात्रामा चिल्लो पदार्थ हुनुका साथै आन्द्रालाई चिप्लो बनाई पेटको उकुसमुकुस र डम्म हुनबाट रोकिदिन्छ ।

उखुको जुस, खुदो र मह
कब्जियतका लागि उखुको जुस, खुदो र मह अचुक औषधि हुन् । उखुको जुसमा आवश्यकताअनुसार मह मिसाएर खाँदा यसले राम्रो औषधिको काम गर्छ ।

अंगुर र कागती
उच्च साइट्रस एसिडयुक्त अंगुर र कागतीले आन्द्राको फोहोरलाई सजिलै
मलद्वारमार्फत निष्कासन गरिदिन्छ । थोरै मात्र अंगुर र कागती जुसले पनि यो समस्यालाई तत्कालै समाधान गरिदिन्छ ।

व्यायाम
विज्ञहरुका अनुसार उठबसलगायतको शारीरिक व्यायाय पनि आन्द्रामा रहेको स्टुल फाल्नका लागि उपयुक्त तरिका हो ।

swasthyakhabar.com
डा. सुमित आचार्य, मिर्गौलामा समस्या भएपछि एसिड या अमिलोपना रगतमा बढ्ने, पिसाबमार्फत पोटासियम कम बाहिरिने र रगतमा भने पोटासियम बढ्दै जाने गर्छ । यस्तो अवस्थामा रगतमा फसफोरसको मात्रा बढ्ने, तर क्याल्सियमको मात्रा भने कम हुने गर्छ ।

शरीरमा भएको भिटामिन ‘डी’ लाई बिग्रिएको मिर्गौलाले सुचारु गर्न नसक्दा मानिसको शरीरमा भएको क्याल्सियको मात्रा रगतमा कम हुने हो । यसपछि स्वास्थ्यमा समस्या थपिँदै जान्छ ।

रगतमा एसिडको मात्रा बढ्दै गएको खण्डमा व्यक्तिको मस्तिष्कमै समस्या देखापर्न थाल्ने, कुनै पनि वेला मानिस बेहोस भएर लड्नेसमेत हुन सक्छ ।

मिर्गौलाका रोगीको शरीरमा रक्तसञ्चारमै समस्या आउने, निद्रा नलाग्ने, खान मन नलाग्ने, बमिट हुने, शरीर कमजोर हुने, शरीर सुन्निँदै जाने र मुटुको समस्या बढ्दै जाने हुन्छ ।

मिर्गौलामा कुनै पनि समय समस्या आउन सक्ने भएकाले समय–समयमा पिसाब परीक्षण, रक्त परीक्षण, रेडियोलोजिकल परीक्षण, मिर्गौलाको अल्ट्रासाउन्डलगायत परीक्षण गराइराख्नु राम्रो हुन्छ ।

मिर्गौलारोग लागेको वेलैमा पत्ता लागे समयमै उपचार गरेर मिर्गौला विफल हुनबाट जोगाउन सकिन्छ । मिर्गौलाको समस्या भएको शंका मात्रै लागे पनि तुरुन्त उपचार गराउनुपर्छ ।

परिवारका सदस्यमा कसैलाई मिर्गौलाको समस्या भएमा अन्य सदस्यलाई पनि वंशाणुगत प्रभाव पर्न सक्छ ।

बजारमा अनेकथरी औषधि पाइन्छन् । विनापरीक्षण यस्ता औषधि प्रयोग गरेमा मिर्गौलामा समस्या देखिन सक्छ ।– नयाँ पत्रिका दैनिक बाट
कुर्सीयोगा कुर्सीमा वसेरै गरिन्छ । यो योगा लामो समय कुर्सीमा वसेर काम गर्नेका लागि निकै लाभदायी मानिन्छ । कुर्सीयोगले मानिसमा छिट्टै स्फूर्ति बाउने भएकोले काममा बढी मन जान्छ । लामो समय कुर्सीमा बसेर काम गर्दा अल्छी वा थकान महसुस भएमा अफिसमै केही समय कुर्सीयोग गरेमा स्फुर्ती बढ्छ । यो योग कुर्सीमै बसेर गर्न सकिन्छ । 

कुर्सीमा बसेर गरिने बिभिन्न आसन
हिँड्डुल गर्न नसक्ने, शारीरिक रुपमा अशक्त व्यक्तिका लागि पनि यो हितकारी हुन्छ । यो योगले विभिन्न रोगवाट समेत मुक्ति मिल्छ । 

गर्ने तरिका 

  • पहिला कुर्सीमा सिधा गरी वस्ने अनि श्वास भित्र तानेर दुबै कानको सिधा भागबाट हातलाई अगाडि लगेर हत्केला जोड्ने । 
  • दुवै कुमलाई विपरीत दिशातर्फ दबाव दिने । 
  • यो योग गर्दा श्वास भित्रवाट तान्ने र फाल्ने । 
  • यो क्रिया पाँच पटकसम्म गर्ने ।

फाइदा 

  • हातलाई आराम मिल्छ । 
  • गर्धन दुख्ने निको हुन्छ । 
  • कम्प्युटरमा काम गर्नेलाई ढाड दुख्ने समस्या निको हुन्छ ।
  • स्फुर्ति बढ्छ । 
  • टाउको, हात र घाँटीमा रक्तसञ्चार बढ्छ । स्वास्थ्यखबरपत्रिका
के हो ‘डिसेन्सिटाइजेसन’ ? कस्तो हुन्छ प्रक्रिया ?
मिर्गौला प्रत्यारोपणका लागि पर्खेका लाखौं बिरामीका लागि खुसीको खबर छ । प्रत्यारोपण गर्दा मिल्दो मिर्गौला नपाउँदा असफल हुने खतरालाई कम गर्न सकिन्छ। न्यु इङ्ल्यान्ड जर्नल अफ मेडिसिनमा बुधबार प्रकाशित नयाँ अध्ययनअनुसार चिकित्सकहरूले बिरामीको इम्युन प्रणालीलाई फरक पारेर जुनसुकै किसिमको मिर्गौला प्रत्यारोपण गर्न सकिन्छ।

यस प्रकारको प्रणालीलाई ‘डिसेन्सिटाइजेसन’ भनिएको छ । यसका कारण कयौं जीवन बताउन सकिने पेन्सिलभेनिया विश्वविद्यालय अन्तर्गतको पेरेलम्यान स्कुल अफ मेडिसिन तथा नेसनल किडनी फाउन्डेसनका अध्यक्ष डाक्टर जेफ्री बन्र्सले बताए । यो प्रक्रियाका कारण हजारौं प्रतीक्षारत बिरामीले नयाँ जीवन पाउन सक्ने र तिनले प्रत्यारोपणका लागि महँगो किसिमको डायलिसिसमा भर पर्नुनपर्ने अध्ययनमा देखिएको छ ।
  
अमेरिकामा मात्रै एक लाखभन्दा बढी मिर्गौला रोगीमध्ये आधा प्रत्यारोपणको चरणमा प्रत्यारोपित अंगमाथि संक्रमण भई असफलतातर्फ लम्कन्छ । जसमध्ये २० प्रतिशत अंग प्रत्यारोपण असफल नै बन्ने गरेको छ । अध्ययनका मुख्य शोधकर्ता डाक्टर डोरी सेजेभले जोन्स होप्किन्स युनिभर्सिटी अफ मेडिसिनमा अध्ययन गर्दा के पाए भने प्रतीक्षा सूचीमा रहेका अज्ञात संख्याका रोगीहरूले सुरुमै आफ्नो शरीरले नथेग्ने भन्दै आशा त्यागिसकेका हुन्छन् । मिर्गौला प्रत्यारोपणमा डायलिसिस एउटा जटिल प्रक्रियाका लागि बरु उनीहरू पुनः तयार हुन्छन् ।

अध्ययनले पत्ता लगाएको नयाँ प्रक्रिया ‘डिसेन्सिटाइजेसन’मा सुरुमा रोगीको रगतबाट ‘एन्टीबडी’हरू छानिन्छ । त्यसपछि शरीरको प्रतिरोधात्मक क्षमता बढाउनका लागि अन्य ‘एन्टीबडी’ दिइन्छ । नयाँ प्रत्यारोपित अंगमा यसरी नयाँ दिइएका एन्टीबडीका कारण बाहिरी भाइरसको संक्रमण कम हुन्छ तर यो किन कम हुन्छ भन्ने अहिलेसम्म पत्ता लागिसकेको छैन । नयाँ बनाइएको प्राकृतिक ‘एन्टिबडी’हरूले नयाँ मिर्गौलालाई आक्रमण नगरोस् भनी औषधि चलाइन्छ ।

यी क्रिया निकै महँगा हुने गरेका छन् । कम्तीमा ३० हजार डलर पर्ने र यसका लागि प्रयोग गरिने औषधिलाई अहिले स्वीकृति दिइएको छैन । प्रत्यारोपण त्यसै पनि महँगो प्रक्रिया हो, जसका लागि कम्तीमा १ लाख डलर पर्ने गर्दछ । ‘डिसेन्सिटाइजेसन’ प्रक्रियाका कारण लामो समयसम्म चल्ने डायलिसिसलाई घटाई ७० हजार डलरसम्म झर्न सक्ने अध्ययनले देखाएको छ ।

‘डिसेन्सिटाइजेसन’ प्रक्रिया मिर्गौलाका लागि मात्र नभएर कलेजो र फोक्सो प्रत्यारोपणका लागि पनि प्रयोग हुन सक्ने अध्येताहरूले जनाएका छन् । कलेजो प्रत्यारोपणका क्रममा मिर्गौलामा जस्तो संक्रमण भइनहाल्ने हुनाले ‘डिसेन्सिटाइजेसन’ आवश्यक नभएको चिकित्सक बताउँछन् । फोक्सोका लागि भने यो प्रक्रिया सैद्धान्तिक रुपमा सम्भव भएको डाक्टर जेफ्री बन्र्सको भनाइ छ । तर यस्तो काम अहिलेसम्म भएको आफूलाई जानकारी नभएको उनले बताए ।

यो अध्ययन अमेरिकाका २२ स्वास्थ्य संस्थाका १ हजार २५ मिर्गौला रोगीमाझ गरिएको थियो । यो प्रक्रियाका लागि समय लाग्ने र केहीका लागि त दुई सातासम्म लम्बिने अध्ययनमा देखिएको छ ।

मिर्गौला रोगको उपचारमा देखिएका कयौं असहजताका कारण पछिल्लो समय मिर्गौला आदानप्रदानजस्ता क्रियाकलाप समेत देखिएका थिए । मिर्गौला नमिल्ने कारणले कयौं रोगीहरू प्रतीक्षाको सूचीमा हुन्थे भने रोगीरोगीबीच मिल्दो मिर्गौला खोज्ने अभ्यास पनि चल्ने गरेको छ ।

यस्तो अभ्यासमा सबैभन्दा ठूलो तगारो शरीरका एन्टीबडीले गर्ने प्रत्यारोपणमा अस्वीकार थियो । सेन्ट लुइस सेन्टर फर ट्रान्सप्लान्टेसनकी डाक्टर क्रिस्टा एल लेन्टिनले नयाँ प्रक्रिया प्रत्यारोपणलाई सहज बनाउन सक्ने धारणा राखिन् ।

यस अध्ययनभन्दा बाहिरका चिकित्सक उटाह हेल्थ साइन्सेज सेन्टरका डाक्टर जेफ्री क्याम्पसनले मिर्गौला साटासाटमा बढी जोड दिने गरेका छन् तर पनि नयाँ अध्ययन एक पटक विचार गर्नैपर्ने विषय भएको बताए ।
सन् २००४ मा डिसेन्सिटाइजेसन गरेका एक जना बिरामी मि. स्मिथलाई साढे ६ वर्षपछि पुनः समस्या बल्झिएकाले यो नयाँ प्रक्रिया कामलाग्दो नभएको बताए । स्मिथ आफूलाई मिर्गौला दिने बुहारी एलिसन सटनको योगदान त्यसै खेर गएको बताउने गरेका छन् । स्वास्थ्यखबरपत्रिका





  • डा सि पी सेढाई, 
नेपालमा पारिवारिक कलह, काममा असफलता, श्रीमान्को विदेश बसाइँ, प्रेममा वियोग, आफन्तको मृत्यु, व्यापारमा नोक्सानी, जागिर जानु, बाल्यअवस्थामा आमाबाबुबाट टाढा रहनु र राजनीतिक असन्तुलनलगायतका कारणले डिप्रेसन भएको पाइन्छ । डिप्रेसनका कतिपय बिरामी राती निदाउँदैनन् । उनीहरू आत्तिने खालका सपना देख्छन् । धेरैजसो आफूलाई असफल ठान्छन् र भविष्यप्रति निराशावादी हुन्छन् । कोही यौनक्रियामा कमी भयो भन्दै डाक्टरकहाँ आउँछन् ।

डिप्रेसन विभिन्न प्रकारका हुन्छन् । यो रोग यकिन गर्न यस्ता लक्षणहरू कम्तीमा २ साता रहनुपर्छ । महिलामा यो समस्या बढी देखिने गरेको पाइन्छ । खास कारण एकिन नभएपनि उनीहरूमा सहन सक्ने क्षमता कम हुने भएकाले यो समस्या बढी हुने गरेको अनुमान छ ।

डिप्रेसनका बिरामी नेपालमा धेरै छन् । कतिपयलाई सुरुमा बेलुकी पख टाउको दुख्ने, कुराहरू बिर्सने, आत्मबल घट्ने, आत्तिएको महसुस गर्ने, दुःख परेको मानिस देख्दा मन थाम्न नसक्ने हुन्छ । यो समस्याका कारण कतिपय बिरामी घाँटीमा केही अड्कियो भन्छन्, आफूलाई क्यान्सर भयो भनी रुन्छन्, मर्ने भइयो भनेर आत्तिन्छन् र परिवारको बारेमा कुनै चिन्ता लिँदैनन् ।

उनीहरूले सामान्य कुरामा पनि मन थाम्न सक्दैनन् । जस्तै– सडकमा बिरामी वा मरेको मानिस देख्दा आत्तिने र चिन्तित हुने गर्छन् । एउटै घटनालाई आधारमानी सधैं त्यसमा अनावश्यक विवाद गर्छन् । जस्तै– परिक्षमा एक पटक असफल भएमा अब फेल भइन्छ भनी आतिन्छन्, जुन गलत हो । कतिपय नकारात्मक सोचाइबाट पिडित हुन्छन् । मनमा यस्तो सोच्दिन भने पनि यस्ता बिरामीमा त्यस्तो सोचाइ आउँछ, जसले उनीहरू छट्पटिन्छन् । यस्ता बिरामीको मस्तिष्क परीक्षण, सिटी स्क्यान, एमआरआई गर्दा कुनै खराबी देखिदैन ।

प्रकार र लक्षण :

  • न्यूरोटिक डिप्रेसन: यस्ता बिरामीहरू मलाई कस्तो रोग लाग्यो भनी चिन्ता गर्छन् ।
  • साइकोटिक डिप्रेसन: यस्ता बिरामीहरू अरू मानिसदेखि शंका गर्छन् ।
  • सेनाइल डिप्रेसन: बुढेसकालमा देखिने डिप्रेसनलाई सेनाइल डिप्रेसन भनिन्छ । यस्ता बिरामीले प्रायः आत्महत्या गर्ने डर हुन्छ । उनीहरू एक्लै बोल्ने, एक्लैे हाँस्ने पनि गर्न सक्छन् ।
  • डिप्रेसन स्टूपर: यस्ता बिरामी अत्यन्त नचली र नबोलि बस्छन् । कोही आँसु बगाउँछन् ।
  • एजिटेटेड डिप्रेसन: यस्ता बिरामी अत्यन्त छटपटी गर्छन् । एक ठाउँमा बस्न सक्देैनन् । आत्तिने र अस्थिर मनस्थिती भएका हुन्छन् ।
  • रेटाडेड डिप्रेसन: यस्ता बिरामीहरू कम बोल्छन् र टोलाउने गर्छन् ।
  • बच्चामा देखिने डिप्रेसन: बच्चामा दखिने डिप्रेसन केही फरक हुन्छ । पेट दुख्ने, टाउको दुख्ने, रिसाउने, पढ्न नजाने आदि लक्षण देखिन्छ । स्वास्थ्यखबरपत्रिका
  • डा. दिना श्रेष्ठ, 
थाइराइड ग्रन्थीको काममा गडबडी भएमा यसले अनावश्यक हर्मोन बढी र आवश्यक हर्मोन कम मात्रामा उत्पादन गर्छ । हर्मोन बढी उत्पादन हुनुलाई हाइपर थाइरोइडिज्म् भनिन्छ भने कम हर्मोन उत्पादन गर्ने कामलाई हाइपो थाइरोडिज्म् भनिन्छ ।

यो शरीरको आफ्नै कारण (अटो इम्युन) ले हुने रोग हो । यसमा शरीरले एन्टिबडी बनाएर थाइराइडलाई काम गर्न दिँदैन । अथवा बढी काम गर्न दिँदैन ।

रोगको अनुपात हेर्दा १० जना महिलामा देखिएमा एक जना पुरुषमा देखिन्छ । महिलामा रोग प्रतिरोधात्मक क्षमतामा हुने गडबडीले यो रोग बढी भएको हो ।  बालबालिकामा वंशाणुगत कारणले हाइपो थाइरोडिज्म् रोग लाग्नसक्छ । यसले सबैभन्दा बढी प्रभाव बालबालिकामा पार्छ । यो रोग लागेमा बालबालिकाको दिमागको बृद्धिविकास रोकिन जान्छ र उनीहरु सुस्त मनस्थितिका हुन पुग्छन् । यदि महिलालाई गर्भावस्था वा सो भन्दा अघि थाइराइडको समस्या भएमा बच्चामा सर्ने जोखिम बढी हुन्छ । त्यसैले जन्मेको एक हप्ताभित्र बच्चाको थाइराइड परीक्षण गराउनु पर्छ । अर्को कुरा १३ देखि १४ बर्षका युवतीमा महिनावारी गडबड भएमा एकपटक थाइराइड परीक्षण गराउनु पर्छ । गर्भावस्थामा थाइराइडको समस्या देखिएमा औषधि सेवन गर्नुपर्छ ।

हाइपो थाइराइडिज्म्मा महिनावारी नियमित नहुने, मोटोपना, अल्छी हुने, मोटाउने, शरीर सुन्निने, दिक्क लाग्ने, अनावश्यक जाडो हुने, प्रजनन् क्षमतामा कमी हुने हुन्छ । कसै कसैलाई कपाल झर्ने लक्षण पनि देखिन्छन् । हाइपरथाइराइडीज्म्मा मानिस एकदमै दुब्लाउने, मुटुको धड्कन बढ्ने, शरीरको तापक्रम बढ्ने, भोक बढी लाग्ने तर दुब्लाउने, दिसा बढी लाग्ने, महिनावारी गडबडी हुने, मन आत्तिने र मानसिक तनाव बढी हुने हुन्छ ।

युवाहरुमा थाइराइडको समस्या भएमा केही समयका लागि खुट्टा नचल्ने लक्षण देखिन सक्छ । शरीरमा पोटासियम कम भएर यस्तो अवस्था देखिएको हो । तर यस्तो समस्या थाइराइडका कारण पनि हुन्छ भनेर बिचार पुर्‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍याउनु पर्छ ।  रोगको समयमा पहिचान हुन नसक्दा धेरै समस्या भोग्नुपर्ने उदाहरण पनि प्रशस्त छन् ।

मधुमेह भएका बिरामीले वर्षको एकपटक थाइराइडको पनि परीक्षण गर्नुपर्छ । कहिले काहिं हाइपर थाइराइडिज्म्मा मधुमेह रोग पनि देखिन सक्छ । यसमा थाइराइड निको हुनासाथ मधुमेह पनि आफै निको भएर जान्छ । थाइराइड अटो इम्युन रोग भएकाले खाना बार्नु पर्दैन ।

हाइपो थाइराइडिज्म्का लक्षण


  • महिनावारी नियमित नहुने
  • मोटोपना
  • अल्छी लाग्ने
  • शरीर सुन्निने
  • दिक्क लाग्ने
  • अनावश्यक जाडो हुने
  • कपाल झर्ने
  • प्रजनन् क्षमतामा कमी आउने ।

हाइपर थाइराइडिज्म्का लक्षण

  • एकदमै दुब्लाउने
  • मुटुको धड्कन बढ्ने
  • शरीरको तापक्रम बढ्ने
  • भोक बढी लाग्ने तर दुब्लाउने
  • दिसा बढी लाग्ने
  • महिनावारी गडबडी
  • मन आत्तिने
  • मानसिक तनाव बढी हुने
  • कपाल झर्ने ।

थाइराइड भनेको एउटा ग्रन्थी हो । यो घाँटीको अघिल्लो भागमा रुद्रघण्टीको तल रहेको हुन्छ । यो ग्रन्थीले थाइरोक्सिन (टी–३) र ट्राइआयोडो थाइरोनीन (टी–४) हर्मोन उत्पादन गर्छ । थाइराइडको खास काम भनेको शरीरको गति नियन्त्रण (मेटाबोलिजम) गर्ने हो । त्यसैले यसलाई शरीरको एक्सिलेटर पनि भन्ने गरिन्छ । स्वास्थ्यखबरपत्रिका
डा. दिना श्रेष्ठ, इन्डोक्राइनोलोजिष्ट, नर्भिक अस्पताल
अन्तराष्ट्रिय नारी दिवसका अवसरमा सार्वजनिक एक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । महिनावारीको समयमा महिलाहरुलाई देखा पर्ने समस्या, भ्रम, रुढीवादी परम्परा लगायतका विषय समेटिएको उक्त भिडियो युट्युबमा सार्वजनिक गरिएको हो ।

‘गर्लीयापा’ नामक युट्युब च्यानलले उक्त भिडियो र्साजनिक गरेको हो । भिडियोमा गित मार्फत महिनावारीका समस्या र भ्रमका बारेमा जानकारी दिइएको छ । गतीको बोल ‘चार दिन हुए लेकिन पीरियड अभी बाकी है’ भन्ने हो । भिडियो चार मिनेट ४८ सेकेन्डको छ । एजेन्सी
भिडियो हेर्न

  • डा विनिता जोशी, वालरोग विशेषज्ञ, नर्भिक इन्टरनेशनल अस्पताल
चिसो मौसममा बालबालिका कमन कोल्डको समस्या सबैभन्दा बढी देखिन्छ । विशेष गरी ६ महिना देखि ३ वर्षसम्मको बालबालिकालाई यसले बढी आक्रान्त पार्छ । कमन कोल्ड अन्तर्गत रुघाखोकी र टन्सिलको समस्या  प्रमुख हो ।

वातावरणमा दुई सयभन्दा बढी प्रकारका भाइरसहरु दौडिरहेका हुन्छन् । चिसो मौसममा त्यस्ता भाइरसहरु बढी सक्रिय हुन्छन् । त्यसैले यो मौसममा बालबालिकामा इन्फेक्सनको सम्भावना ज्यादा हुन्छ । यस्ता भाइरसहरु ढोकाको हेन्डिलमा, सोफामा, बालबालिकाको खेलौनामा बढी हुन्छन् । जाडोमा झ्याल ढोकाहरु प्राय बन्द गरिन्छ । चिसोका कारणले सरसफाइका काम कम हुन्छन् । यसकारण जाडोमा बालबालिलाई संक्रमणको जोखिम ज्यादा हुन्छ । यसमा पनि क्रस इन्फेक्सन बढी हुन्छ । बच्चाहरु ६ महिना पुगेपछि आमाको एन्टीबडी घट्दै जान्छ । यो बच्चा ३ वर्षको हुँदासम्म बढी हुन्छ । किनकी चिसोले समात्ला भनेर बच्चालाई गुम्म पारेर राख्ने चलन छ ।


३० दिनसम्मकालाई नवजात शिशु भनिन्छ । आमाको कोखबाट जन्मिने वित्तिकै यिनीहरुमा रोग प्रतिरोधी क्षमता निकै कम हुन्छ । भर्खरै जन्मेको बच्चाको शरिर र टाउकोको आकार मिलेको हुँदैन । टाउकोको आकार ठूलो हुन्छ । शरिरको आकार सानो हुन्छ । बच्चाको बडी सर्फेस एरिया अनुसार बच्चामा तातोपनाको बढी खपत हुन्छ । त्यसैले नवजात शिशुलाई जन्मिने वित्तिकै न्यानो गरेर राख्नुपर्ने हुन्छ ।

रोग संक्रमणको जोखिम बाह्य वातावरणका कारणले हुन्छ । बच्चाहरुलाई आफन्तहरु आउने, भेट्ने र छुने लगायतका काम हुन्छ । त्यसले संक्रमणको जोखिम बढाउँछ । नवजातहरुमा यस्तो समस्या देखिन्छ । समयमा दुध पुगेन भने ग्लुकोजको मात्रामा कमी हुने सम्भावना पनि बढी हुन्छ ।

एक दुई महिनादेखि एक वर्षका बच्चाहरुमा भने फरक खालको समस्या देखिन्छ । आमाकै दुध खाने बच्चाहरुमा तुलनात्मक रुपमा इन्फेक्सनको समस्या कम हुन्छ । तर, त्योभन्दा माथिको उमेरको बालबालिकामा रुघाखोकी लगायतको समस्या देखिने हुन्छ । त्यो बाहेक ५\६ महिना काटेपछि ठोस पदार्थहरु दिने गरिन्छ । जसले पखाला हुने, पेट दुख्ने, अपच हुने लगायतका समस्या देखिन सक्छन् ।

विश्व स्वास्थ्य संगठनको मान्यता अनुसार जन्मेको ६ महिनासम्म शिशुहरुलाई आमाको दुध मात्रै खुवाउनुपर्छ । यस अवधिमा अरु केही नखुवाउँदा पनि पुग्छ । छ महिनादेखि दुई वर्षको उमेरसम्म ठोस पदार्थ पनि दिने र आमाको दुध पनि दिने हाम्रो प्रचलन छ । जो आमाहरु यस अवधिमा घरमा बस्नुहुन्छ, उहाँले दुध मात्रै चुसाउँदा राम्रो हुन्छ । । कामकाजी आमाहरु पनि हुनुहुन्छ भने ब्रेस्ट पम्पबाट दूध निकालेर स्टोर गर्ने र चाहिएको बेला खुवाउने गर्नुपर्छ । छ महिनासम्मको लागि यो उपाय राम्रो हो । छ महिनापछि भने आमाको दुधमा हुने क्यालोरी कम हुँदै जान्छ । त्यसैले ६ महिनापछि ठोस पदार्थ खुवाउन सुरु गर्नुपर्छ । ठोस पदार्थ सुरु गर्दा लिटोबाट सुरु गर्नुपर्छ ।

लाग्न सक्ने रोग
बालबालिकालाई रुघाखोकीमा पनि इन्फ्लुएन्जाको डर बढी हुन्छ । यो भाइरसबाट लाग्ने रोग हो । त्यसमा कडा ज्वरो आउने, वान्ता हुनेजस्ता लक्षण देखिन्छन् । बच्चामा कानको समस्या र दमको समस्या पनि हुन्छ । चिसोमा संक्रमण कारण बालबालिकामा दम र कोल्ड डाइरिया पनि हुन सक्छन् । यदि बच्चालाई चिसो लाग्ने खतरा धेरै छ भने यसबाट जोगाउनुपर्छ । संक्रमितको सम्पर्कबाट टाढा राख्नुपर्छ । श्वास फुलेको चाल पाएमा नजिकको स्वास्थ्य संस्थामा लिएर जाँच गराउनुपर्छ । स्वास्थ्यखबरपत्रिका
खानालाई स्वादिलो बनाउनमा मसलाको महत्वपूर्ण भूमीका रहेको हुन्छ। साथै नेपाली खानामा प्रयोग गरिने मसलाका परिकारहरू (जीरा, बेसार, मरिच, खुर्सानी, लसुन, अदुवा, प्याँज)लाई स्वस्थवर्द्धक पनि मानिन्छ।

जीराको दाना अथवा धूलो- नेपाली परिकार बनाउनको लागि नभई नहुने मसला। चाहे त्यो मासुको परिकार होस्, या साधारण तरकारी, अथवा दाल नै किन नहोस्, जीराको एक चिम्टी धूलो राखेपछि त्यसको स्वाद त मीठो भैहाल्छ, साथै बासना पनि मीठो नै आउँछ।

तर के तपाईँलाई थाहा थियो, तरकारी स्वादिलो र सुगन्धित बनाउनुको लगायत स्वास्थ्यमा कैयौँ फाइदाहरू दिने कारणले पनि जीराको धूलोलाई खानाका परिकारहरूमा मिसाउने परम्परा चल्दै आएको हो।

विश्वास लाग्दैन होला, तर जीराको एक चिम्टी दाना वा धूलोले मोटोपना घटाउने तथ्य अनुसन्धानबाट पत्ता लागेको छ। साथै यसले शरीरमा भएका बोसोलाई घटाउने, अनि नराम्रा कोलेस्ट्रोलको मात्रालाई प्राकृतिक रूपले नियन्त्रण गर्ने पनि उक्त अनुसन्धानबाट पत्ता लागेको छ।

खानामा जीराको धूलो राख्नुको महत्व

जीरामा पाइने थाइमोल (Thymol) र अन्य फाइदाजनक चिल्लो पदार्थले हाम्रो मुखमा रहेका सालिभा ग्रन्थी (Salivary Glands) हरूलाई सक्रिय बनाउँदछ, जसले हामीले खाएको खानालाई पचाउन मद्दत गर्दछ। यसलगायत, जीराले हाम्रो कमजोर पाचनप्रणालीलाई बलियो बनाउन मद्दत गर्दछ। त्यसैले यदि अपच हुने समस्याले सतायो भने जीराको चिया बनाएर पिउँदा त्यसबाट राहत पाउन सकिन्छ।

मोटोपनाको समस्याको लागि जीराको दाना

तरिका १:
  • १ गिलास पानीमा १ चम्चा जीराको दाना राख्नुहोस् र उमाल्नुहोस्।
  • पानी उम्लिएर खैरो रङ्गको भएपछि ग्यास बन्द गरेर भाँडोलाई छोप्नुहोस्।
  • त्यसपछि हलुका चिसो भएपछि त्यसलाई दिनको ३ चोटि पिउनुहोस्। यसले पाचनप्रक्रियामा राहत दिनुको साथै सामान्य पेट दुखेको समस्यालाई पनि समाधान गर्दछ।

तरिका २:
  • २ चम्चा जीराको दानालाई एक गिलास पानीमा राख्नुहोस् र त्यसलाई छोपेर रातभरी भिज्न दिनुहोस्।
  • विहान त्यस पानीलाई चिसै अथवा उमालेर पिउनुहोस्।
  • पिउँदा जीराको दानालाई पनि चपाउनुहोस्। यसले शरीरमा भएका अनावश्यक बोसोलाई हटाउँदछ।

तरिका ३:
  • १ गिलास दहीमा १ चम्चा जीराको धूलो राख्नुहोस्।
  • चिनी नराखी, त्यस मिश्रणलाई दिनको एकचोटि खानुहोस्। यसरी नियमित सेवन गर्दा पनि तौल घटाउन मद्दत गर्दछ।

तरिका ४:
  • १ चम्चा जीराको धूलो र आधा चम्चा महलाई पानीलाई मिसाएर दिनहुँ पिउनुहोस्।
  • यसरी पिउँदा पनि तौल नियन्त्रण गर्न सहज हुन्छ।

तरिका ५:
  • थोरै शुद्ध र सफा पानीमा गाँजर, काउसली र बन्दा काटेर मिसाउनुहोस् र त्यसलाई बफाउनुहोस्।
  • बाफिइसकेपछि त्यसमा लसुनको १/२ पोटि काटेर राख्नुहोस् र कागतीको रस पनि मिसाउनुहोस्।
  • त्यस मिश्रणमा १/२ चम्चा जीराको धूलो मिसाउनुहोस्। यसलाई खाना खानेबेलामा दिनहुँ खानुहोस् र २ हप्ताभित्र जादु हेर्नुहोस्।

जीरा खानुका फाइदाहरूः
  • पाचनप्रक्रियामा सुधार ल्याउँदछ।
  • पाइल्सबाट राहत दिन्छ।
  • रुघाखोकीको समस्यालाई कम गराउँदछ।
  • मधुमेहबाट रोकथाम गराउँदछ।
  • स्तनपान गरिरहेका सुत्केरी महिलाहरूको दूध उत्पादन शक्ति बढाउँदछ।
  • शरीरमा भएका विषाक्तलाई फाल्ने काम गर्दछ।
  • तनाव र थकानबाट मुक्त गराउँदछ।
  • प्रतिरक्षा शक्तिमा सुधार ल्याउँदछ।
नेपालीहेडलाइनस्
पाठेघरको मुखको क्यान्सर, पाठेघरको मुखमा नियन्त्रण भन्दा बढी कोषीकाहरु वृद्धि भएपछि क्यान्सर हुन्छ । डाक्टरहरुका अनुसार पाठेघरको मुखको क्यान्सर हुने कारण यहि हो भन्ने नभएपनि यसको मुख्य कारक तत्व भाइरल संक्रमण हो । डाक्टर रश्मी पुन गुरुङका अनुसार पाठेघरको क्यान्सर शारीरिक सम्पर्क गरेकाहरुलाई हुन्छ ।

शारीरिक सम्पर्कका बेला केटा मान्छेबाट आउने ह्युमन पापिलोमा नामक किटाणुका केही प्रजातिका कारण पाठेघरको मुखमा क्यान्सर हुन्छ । ‘यो ईन्फेक्सन केटाबाट केटीमा सर्छ त्यसैले शारीरिक सम्पर्क गर्दा ध्यान दिनुपर्छ, धेरै जनासँग सम्पर्क राख्ने केटासँग सम्बन्ध राख्नुहुँदैन’ । शारीरिक सरसफाईमा ध्यान नदिनाले र धैरैसँग सम्पर्कमा आउनेलाई यो क्यान्सर लाग्ने डाक्टर गुरुङको भनाई छ । धेरै शारीरिक सम्पर्कमा आउने महिलाको पाठेघरको मुखमा संक्रमण हुने र ह्युमन पापिलोमा नामक किटाणुले पाठेघरको मुखमा रहेका कोषिकाहरुमा संक्रमण गर्ने र त्यसलाई अनियन्त्रित तवरले बढाउन मद्दत पुर्‍याउने गर्दछ ।

खतरा कसलाई
शारीरिक सम्पर्कमा रहेका वा प्रजनन क्षमता भएका जोसुकैलाई पनि यो रोग लाग्छ । विशेषगरी ३० देखि ६० वर्ष उमेरका महिला, जसको विहे भैसकेको छ ।
* धेरै बच्चा भएका, सानो उमेरका विवाह भएकालाई ।
* यौन व्यवसायमा लागेका महिला वा परपुरुषको संसर्गमा रहेकालाई ।
* लोग्नेको अर्की श्रीमती पनि छन् र उनलाई पाठेघरको मुखको क्यान्सर भएको छ भने पनिसर्न सक्छ ।
* जाँड, रक्सी, चुरोट, खैनी, तमाखु खाने तथा खानपिनमा ध्यान नदिने र कुपोषण भएका महिलालाई खतरा बढी हुन्छ ।

लक्षण
  • पाठेघरको मुखको क्यान्सरको लक्षण व्यक्तिपिच्छे फरक फरक हुन्छ ।
  • गन्हाउने पानी बग्ने
  • संक्रमण भैरहने
  • रगत मिसिएको पानी बग्ने
  • महिनावारी नभएको बेलामा पनि रगत देखिने, महिनावारी रोकिएपछि पनि फेरि रगत देखिने
  • पेट फुल्ने
  • खुट्टा सुन्निने, ढाड तथा कम्मर लुख्ने र दिसा पिसाबमा समस्या देखिने ।।

कसरी बच्ने ?
पाठेघरको मुखको क्यान्सर हुन नदिन बेला बेलामा प्याप स्मेयर जाँच गराउनु पर्छ । प्याप स्मेयर एउटा यस्तो विधि हो, जसमा पाठेघरको मुखमा आएका खराबीलाई थाहा पाई भविष्यमा खतरा छ कि छैन पत्ता लाग्छ ।

यो विधिले पाठेघरको मुखमा संक्रमण भएकोबारे बेलैमा थाहा पाउने भएकाले उपचारमा सहज हुन्छ । डाक्टरका अनुसार यो पाठेघरको मुखको क्यान्सर हुने सम्भावना छ छैन भन्ने पत्ता लगाउने सरल र सहज विधि हो ।

यौन सम्पर्क गरेका, धेरै बच्चा जन्माएका, धेरै जनाको सम्पर्कमा रहेका, महिनावारी बन्द भएका र क्यान्सरको सम्भावना भएर अपरेशन गरेका महिलाले पाठेघरको मुखको परीक्षण गराए क्यान्सर लाग्ने सम्भावना कम हुने डाक्टर बताउँछन् । यस्तै सुरक्षित यौन सम्पर्क गरे पनि यसबाट जोगिन सकिन्छ । नेपालन्यूजलाइभ
भोजन नुनबिना खल्लो हुन्छ । खल्लोपनलाई मेटाउने प्रयास गर्दा कतिपयलाई चर्को नुन खाने बानी नै बस्छ । जब स्वास्थ्यमा गढबढी उत्पन्न हुन्छ तबमात्र चर्को नुनले हानी गर्छ भन्ने थाहा हुन्छ । 

बढी नुन खानु स्वास्थ्यका लागि हानिकारक सिद्ध मानिन्छ । यसले पेटको क्यान्सर बढाउन भरपर्दो सहयोग पुर्‍याउँछ । बजारमा उपलब्ध तयारी खाद्यपदार्थ, बिर्को बन्द खाने कुरा हाम्रो शरीरका लागि ठूलो शत्रु हो । यहाँसम्म कि ब्रड, तारेको केराउको गेडा, बिर्को बन्द मासु र मासुको अचार आदिमा बढी नुन हुुन्छ । जसको सेवन गर्नाले हाम्रो शरीरमा नुनको मात्रा खतरनाक लेवलमा पुग्छ । प्रतिदिन १२ ग्राम नुनको सेवन मात्र पनि क्यान्सरलाई निम्त्याउन पर्याप्त मानिन्छ । ब्रिटेनको क्यान्सर रिसर्च सेन्टरले भर्खर मात्र के जानकारी दिएको छ भने पेटको क्यान्सरले मात्र पनि ब्रिटेन जस्तो विकसित देशमा प्रतिवर्ष करिब ६४ सय मानिसको ज्यान लिइरहेको पाइएको छ । 

स्वास्थ्यको दृष्टिकोणले एक वयस्क व्यक्तिलाई प्रतिदिन ६ सय ग्राम नुन पर्याप्त मानिन्छ । बच्चा तथा किशोरहरूको निम्ति त यसको एक चौथाइ मात्र नुन पर्याप्त मानिएको छ । यसका साथै ब्रिटेनमा धेरैजसो मानिस ९ ग्रामभन्दा बढी नुन खाने गरेको पाइयो । यसको प्रमुख कारण के हो भने तयारी खाद्यपदार्थ र पेयपदार्थको सेवन बढी हुने गरेको पाइन्छ जुन नुनको भण्डार भन्दा पनि फरक नपर्ला । 

हाम्रो नेपाली बजारमा पनि तयारी खाद्यपदार्थमा नुनको मात्रा बढी हुन्छ । यस्तो कि म:म:, चाउमिन, चटामरी, पिज्जाजस्ता खानामा नुनको मात्रा चर्को रहने गरेको छ । जसले पूरै दिनको नुनको मात्रा एक पटक गरेको लञ्च वा डिनरबाट उठिहाल्छ । 

मुटु र मस्तिष्कको शत्रु हो नुन 
नुनले पेटको क्यान्सरका साथै हार्टएटेक र ब्रेन स्ट्रोकको सम्भावनालाई पनि बढाउँछ । डाक्टरका अनुसार बढी नुन भएको खाना खाँदा पेटको क्यान्सर नबढाउन मद्दत गर्दछ । त्यति मात्र होइन नुनको कम सेवनले पेटको क्यान्सर हुन नदिई दिमागलाई सन्तुलनमा राख्न मद्दत पुर्‍याउादछ । हुन त यो सबै रोगको जड नुन नै हो भन्ने तथ्य सही नभएपछि रासायनिक पदार्थ जुन तयारी खाद्य पदार्थमा मिसाउने गरिन्छ । सोको सेवनले क्यान्सरलाई बढाउन मद्दत पुर्‍याइरहेको छ । एउटा कुरा के छ भने उच्च रक्तचाप र मुुटुको बिरामीलाई चर्को नुनको सेवन नै दोषी मानिन्छ । त्यसैले चर्को नुन खाादा आमाशयमा पोल्ने र खोच्ने काम हुन जान्छ । जसको विकसित रूप भनेको पछि गएर पेटसम्बन्धी क्यान्सर हुनु हो । 

भर्खरै जापानमा यही समस्याका बारेमा अध्ययन सम्पन्न भएको छ । वृद्ध–वृद्धाहरूमा गरिएको एक अध्ययनअनुसार करिब ४० हजार मानिसमा ११ वर्षदेखि खानपिनसम्बन्धी अध्ययन गर्दा के पत्ता लागेको छ भने प्रतिदिन १२ देखि  १५ ग्रामसम्म खुन खाने व्यक्तिमा पेटको क्यान्सर र मुुटुको समस्या दोब्बर बढेर गएको पाइएको छ । यसरी के सिद्ध हुन्छ भने जुन व्यक्ति नुनिलो पदार्थको सेवन तीव्र रूपमा गर्छन् र फलफूल, हरियो सागपातको सेवन कम गर्छन् भने उसको पेटको क्यान्सर र शरीरका अन्य भागमा विभिन्न गढबडी देखा पर्न थाल्छ । आश्यर्च लाग्दो कुरा के छ भने पुरुषको संख्या चर्को नुन खाने वर्गमा अगाडि रहेका छन् ।

नुन कति खाने ? 
फुड स्टान्डर्ड एजेन्सी र युके हेल्थ डिपार्टमेन्टले तोकेको माप दण्ड अनुसार प्रतिदिन बढीमा ६ ग्राम नुन शरीरको निम्ति आवश्यक रहेको बताएको छ । १ देखि ६ वर्षसम्मका बच्चाका लागि प्रतिदिन मात्र २ ग्राम नुन पर्याप्त मानिन्छ । ७ देखि १४ वर्षका बढदो उमेर समूहका बालबालिकाहरूका लागि ५ ग्राम नुन पर्याप्त छ । एक चिम्ती नुन भनेको ०दशमलव २५ ग्राम हो । तसर्थ, एक चम्चामा करिब ५ ग्राम नुन अटाउाछ । 

ब्रिटेनमा सरकारले तयारी डिब्बाबन्द खाद्य पदार्थमा कम नुन हाल्न फुड इन्डट्रिमा आदेश जारी  गरिदिएको छ । तर, नेपालमा त्यस्तो प्रकारको कुनै नीति नभएकाले व्यापारिहरूले मनपर्दो ढंगले आफ्नो तयारी खाद्य पदार्थमा नुन हाल्ने गरेका छन् । जुन–जुन मानिसको स्वास्थ्यसम्बन्धी ठूलो खेलबाड भैरहेको छ । 

नेपाल बजारमा व्याप्त आलुचिप्स, भुजिया, पापड र त्यस्तै अचार आदि आदिमा नुनको मात्रा बढी रहने गरेको छ । हामीलाई नुन तिखो भएन भने खाना रुच्दैन । जुन कुरा हाम्रो शरीरलाई यसले भित्र–भित्र खोक्रो पारिरहेको छ । नुन चााहि कडा चाहिने नेपाली परिपाटीमा पानी खानुलाई कञ्जुस्याई गरिन्छ । त्यसैले पनि यहााका अधिकांश मानिसमा पेटसम्बन्धी गडबडी साझा रोग भएको छ । जो कोही पनि पेटको समस्याले ग्रसित छन् । नारीपत्रिका
१.दुधको साथमा घ्यु अन्डा,रुखकटहर,कोदाको ढिंडो र फापरको ढिडो खानु  हुदैन ।
२.दुधको साथमा बडर,काँचो केरा,आँप,जामुन तित्री,ओखर,दारिम नरिवल खानु हुदैन । यसरी खाएमा दम हुने सम्भावना हुन्छ ।
३.दुध र भटमास  एकैसाथ खाएमा पत्थरी हुनसक्छ ।
४. भिण्डीको साथ दही मोहि,घ्यु,दुध खानु हुदैन खाएमा अम्लपित्त बढ्छ ।
५. करेलामा साग वा भिण्डी एकसाथ पकाएर खान हुदैन । खाएमा अम्लपित्त बढ्छ ।
६.माछा र सक्खर सँगै खान हुदैन यसले पित्त विगार्छ।
७.हाँस वा बकुल्लाको मासु खाएको बेला गेडागुडी र कालो दाल खानु हुदैन । यसरी खाएमा क्यान्सर समेत हुन सक्छ ।
८.परेवाको मासु, दुध र मह लामो समय सँगै सेवन गरेमा गलगाँड हुनसक्छ् ।
९.गुर्जो र तुलसी एकैसाथ खाएमा अम्लपित्त हुनसक्छ ।
१०.बाँसको तामा,बडरको फल,मह र दुध सँगै खान हुदैन यसले वीर्य नास हुन्छ् । नेपालपाटी
  • अनिल न्यौपाने 
काठमाडौं – नक्कली प्रमाणपत्रका आधारमा डाक्टर बनेका १२ जनालाई केन्द्रीय अनुसन्धान ब्यूरोले देशका विभिन्न स्थानबाट पक्राउ गरेका छन् ।

पक्राउ परेकामध्ये दुई जना सरकारी अस्पतालमा नै कार्यरत थिए भने एक जना एमबिबिएस विद्यार्थीलाई पढाइरहेको अवस्थामा फेला परेका थिए ।

ब्यूरोले नेपाल मेडिकल काउन्सिल र उच्च माध्यामिक शिक्षा परिषद्को सहयोगमा ‘अप्रेसन क्वाक’ नाम दिएर अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा नक्कली प्रमाणपत्रका आधारमा ८ जनाले नेपाल मेडिकल काउन्सिलको लाइसेन्सिङ परीक्षा उत्तीर्ण गरेको पाइएको छ भने ४ जना अनुत्र्तिण रहेका छन् । नक्कली प्रमाणपत्रबाट एमबिबिएस अध्ययन गरी लाइसेन्सिङ परीक्षा उत्र्तीण भएकाहरुले लाइसेन्सिङ परीक्षामा पनि खेताला लगाएको हुन सक्ने आशंकामा थप अनुसन्धन शुरु गरीएको प्रहरीले जनाएको छ ।

नक्कली डाक्टर नै एमबिबिएस पढाउने !

ब्यूरोबाट खटिएका टोलीले अनुसन्धान गर्ने क्रममा नक्कली प्रमाणपत्रका आधारमा नै रुसबाट  एमडी पास गरेकी बिनिता यादवले चितवनस्थित कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा एमबिबिएस अध्ययनरत विद्यार्थीलाई समेत पढाइरहेको पाइएको थियो ।

ब्यूरोका डिआइजी हेमन्त मल्लले चिकित्सक नाम दर्ता प्रमाण परीक्षा (लाइेसेन्सिङ)मा सहभागी भएका परीक्षार्थीहरुले नक्कली प्रमाणपत्रको आधारमा अध्ययन गरी सोही आधारमा लाइसेन्स लिएर डाक्टरका रुपमा काम गरेको, चिकित्सक दर्ता परीक्षा उत्र्तिण नै नभई डाक्टर भन्दै सर्वसाधरणको उपचार गरीरहेको भन्ने गुनासा र केही प्रमाणपत्रका आधारमा ‘अप्रेसन क्वाक’ सुरु गरीएको बताए । उनका अनुसार अप्रेसन क्वाकको प्रारम्भिक छानबिन हुँदा १२ जनाले विभिन्न तहका नक्कली प्रमाणपत्र पेश गरेको फेला परेको हो ।


पक्राउ पर्नेमा झापा विर्तामोडस्थित बीएण्डसी अस्पतालमा कार्यरत रामबाबु गिरी, पशुपति मोडेल अस्पताल इटहरीका प्रमुख पशुपति चौधरी, गोल्डेन अस्पताल विराटनगरमा कार्यरत मोहम्बद अरुल हक, कोसी अञ्चल अस्पतालमा कार्यरत तुलसी महतो, ग्लोबल अस्पताल सिराहामा कार्यरत मोहमत अहमद सिद्धिकी छन् ।
यस्तै जनकपुर अञ्चल अस्तालमा कार्यरत सन्तोष यादव, चानसी मेडिकल हलमा कार्यरत कल्याण विश्वास, कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा कार्यरत विनिता यादव, अजित मेडिकल हल जनकपुरमा कार्यरत भगवान केवट मल्लाह, रामजानकी डेन्टल क्लिनिक जनकपुरमा कार्यरत शैलेन्द्र महतो, स्वास्थ्य सेवा क्लिनिक कपिलबस्तुमा कार्यरत अबल हुसेन र ग्वार्कोस्थित ग्लोबल अस्पतालमा कार्यरत श्यामबाबु साह छन् ।

यिनीहरु मध्ये एसएलसी र प्रमाणपत्र तहको नक्कली बनाउने २ जना छन् भने बाकी १० जनाले भारतबाट नक्कली बनाएको खुलेको छ । यसरी नक्कली प्रमाणपत्र बनाएकाहरुमध्ये पाकिस्तान, रुस, भारत र बंगलादेशमा पढेका १/१ जना छन् भने ५ जनाले चीनबाट एमबीबीएसको प्रमाणपत्र ल्याएका हुन् । अनि भारत, बंगलादेश र पाकिस्तानबाट बीडीएस गर्ने १/१ जना छन् भने एकजनाले फिलिपिन्सबाट एमडी समेत गरेको खुलेको छ ।

पक्राउ पर्नेमध्ये काउन्सिलको लाइसेन्सिङ परीक्षामा उत्तीर्ण हुनेहरुमा भगवान केवट मल्लाह, सन्तोषकुमार यादव, शैलेन्द्रकुमार महतो, मोहम्मद कमरुल हक, तुल्सी कुमार महतो, श्याम बाबु साह, बिनिता यादव र रामबाबु गिरी रहेका छन् । यिनिहरुले लाइसेन्स परीक्षामा अर्कै विद्यार्थीलाई परीक्षा दिन लगाएको आशंकामा पनि अनुसन्धान अगाडी बढाइएको छ ।

डाक्टर लाइसेन्स खारेज, ३ वर्ष कैद हुने
पक्राउ परेकामध्ये सबैलाई ब्यूरोले आइतबार अदालतमा ठगीको आरोपमा मुद्दा चलाउने तयारी गरेको छ । नेपाल मेडिकल काउन्सिलका प्रवक्ता अनुसार सबैको लाइसेन्स खारेज हुने छ । उनले काउन्सिल ऐन अनुसार ३ वर्षसम्म कैद वा ३ हजार जरिवाना र दुवै सजाय हुने छ । यिनीहरु सबैलाई दुवै सजाय गरिने अधिकारीले जानकारी दिए । यसैगरी ठगी र नक्कली प्रमाणपत्रका आधारमा समेत कारवाही प्रक्रिया अगाडी बढाइने तयारी भएको छ ।

नक्कली डाक्टर को कहाँ एमबिबिएस पढेका ?
नाम                                               देश                                  शिक्षण संस्था
१ भगवान केवट मल्लाह                चिन                                 हुवे मेडिकल कलेज
२ सन्तोषकुमार यादव                    चिन                                ताइसन मेडिकल कलेज
३ शैलेन्द्रकुमार महतो                    इन्डिया                            डा. एसएम नाक्वी इमाम डेन्टल कलेज
४ मोहम्मद कमरुल हक                 पाकिस्तान                       डेमन्ट मोरेन्सी कलेज
५ तुल्सी कुमार महतो                      चिन                               छेङचाउ कलेज
६ श्यामबाबु साह                              चिन                             वेफाङ मेडिकल युनिभर्सिटी
७ बिनिता यादव                             बंगलादेश
८ रामबाबु गिरी                               बंगलादेश                      युनिभर्सिटी साइन्स एन्ड टेक्नोलोजी कलेज
९ पशुपती चौधरी                            इन्डिया                          पटना मेडिकल कलेज
१० मो अहमद सिद्धिकी                    पाकिस्तान                   सिन्ध मेडिकल कलेज
११ कल्याण विश्वास                        चिन                            विफाङ मेडिकल युनिभर्सिटी
१२ अफजल हुसैन                              रुस                             स्टेट निकाविक युनिभर्सिटी


पक्राउ पर्नेहरु



स्वास्थ्यखबर पत्रिका
एजेन्सी, अमेरिकी मुलुकमा महामारीको रुप लिएको जिका यौन सम्पर्कबाट सर्ने गरेको  सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसी) अमेरिकाले जनाएको छ । डल्लासका एक जना जिका संक्रमित व्यक्तिलाई यौन सम्पर्कबाट सरेको सिडिसीले मंगलबार पुष्टि गरेको हो । 

ति व्यक्ति संक्रमित क्षेत्रमा पुगेको तर उसको पार्टनर भेनेजुयलाबाट फर्किएको बताइन्छ । जिका भाइरसका कारण अमेरिकी मुलुकहरुमा हजारौं शिशुहरु अविकसित दिमागसहित जन्मिने गरेका छन् ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी आपत्कालिन अवस्था घोषणा गरिसकेको छ ।

जिका प्रभावित क्षेत्रबाट फर्किएका सम्भावित रगत दातालाई २८ दिनपछि मात्र रगत दान गर्न अमेरिकी रेडक्रसले आग्रह गरेको छ । मेक्सिको, क्यारिबियन, मध्य तथा दक्षिण अमेरिकाबाट फर्किएका मानिसले यस्तो सावधानी अप्नाउनुपर्ने रेडक्रसले एक विज्ञप्तिमार्फत जनाएको हो।

यसैबीच, अस्ट्रेलियामा दुई जनालाई जिका भाइरस देखिएको बताइएको छ भने जिका प्रभावित क्षेत्रबाट फर्किएका आइरल्यान्डका एक पुरुष र बृद्धा महिलामा पनि यो संक्रमण देखिएको पुष्टि भएको छ ।

ब्राजिलले अस्वभाविक टाउकोको आकारसहित जन्मिएका ३ हजार ६ सय ७० बालबालिका र जिका भाइरसबीचको अध्ययन गरिरहेको छ ।

अहिलेसम्म स्वास्थ्य अधिकारीहरुले यो रोग यौन सम्पर्कबाट सर्नेमा बिरलै सम्भावना भएको दाबी गरेका थिए । तर जिकाको विस्फोटक महामारीले विश्वलाई नै चिन्तित बनाएको छ भने धेरै प्रश्नलाई अनुत्तरित पनि बनाएको छ ।

वास्तवमा यौन सम्पर्कबाट सर्ने कत्तिको जोखिम छ ? वीर्यमा कति लामो समय यो भाइरस देखिन्छ ? संक्रमण देखिएपछि कति समयपछि मात्र यौन सम्पर्क गर्न सुरक्षित हुन्छ ? यी प्रश्नहरु अझै अनुत्तरित छन्।
स्वास्थ्यखबर पत्रिका
  • डा सोनिया गुप्ता
सामान्यतया छाला स्वस्थ रहनुलाई सुन्दर हुनु र केही बिग्रिनुलाई कुरुप हुनुसँग मात्रै जोडेर हेर्ने गरिन्छ । छालामा आउने समस्याले थला नै पारी नहाल्ने भएकाले तुरुन्त चेकजाँच गर्ने गरिएको पाइँदैन । छालामा गडबडी आएको देख्नेले पनि उसलाई रोगीका रुपमा भन्दा कुरुपका रुपमा हेर्ने गर्छन् । तर, कतिपय अवस्थामा छाला भित्री रोग चिहाउने झ्याल हुनसक्छ । छालाले देखाउने संकेतले भित्री रोगहरु पत्ता लगाउन समेत सकिन्छ । छालाले देखाएको पूर्व संकेतले भविष्यमा आउने ठूलो स्वास्थ्य संकट पनि टार्न सकेको उदाहरण धेरै छन् । 

विशेषगरी मोटो मान्छेको घाँटी नजिकको छालामा सानोसानो मासु पलाएको जस्तो देखिन्छ । यसले हेर्दा मात्रै नराम्रो देखिने तर त्यस्तो असर नपार्ने भएकाले वास्ता गरिएको पाइदैन । यस्तो भएको मान्छेलाई मधुमेह भएको हुनेसक्ने संभावना धेरै हुन्छ । छाला सुख्खा हुँदै जानु थाइराइडको संकेत हो । छालाको कलर परिवर्तन भएर पहेँलो हुँदै गएको छ भने लिभरमा गडबडी भएको देखिन्छ । त्यसैगरी रगतको क्यान्सर, पेटको क्यान्सर, मृगौलाको रोगका संकेत पनि छालामा देखिने गरेका छन् । रोगले आक्रमण गर्न थालिरहेको अवस्थामा देखिने यी संकेतलाई वास्ता गरिएको पाइदैन । शरीरका अरु अंगले संकेत देखाउने अवस्थासम्म आइपुग्दा रोगले ग्रस्त नै पारिसकेको हुन्छ । जसले स्वास्थ्य कमजोर हुने र आर्थिक ब्ययभार थप्ने गर्छ ।


विशेषगरी राम्रो देखाउनका लागि छालाको हेरचाहमा ध्यान दिने गरेको पाइन्छ । सौन्दर्य छालामा झल्किने भएकाले यसलाई स्वस्थ राख्न अनेकबिधी गर्न थालिएको हो । तर, बाह्य कारणले मात्रै छाला बिग्रिदैन भन्ने कुरामा कसैले पनि ख्याल गर्र्दैनन् । बाह्य कारणले बिग्रिएको भन्दै छाला जोगाउन जति प्रयास गरिन्छ, त्यो भन्दा अघि बुझ्न जरुरी हुन्छ कि यो भित्री रोगका कारण बिग्रदै गइरहेको त छैन ?

पछिल्लो समय चाहिनेभन्दा बढी सौन्दर्यप्रेमी हुँदै गइरहेको छ, हाम्रो समाज । त्यसैले छालालाई सुन्दर बनाउन र जोगाउने सल्लाह ब्युटिसियन वा यस्तै कोहीबाट लिने गरिएको छ । छालामा समस्या देखिदा पनि ब्युटी पार्लरतिर धाइरहेका हुन्छौँ । सबै प्रकारका छालाका समस्याको बाह्य रुपमा समाधान खोज्ने परिपाटीले गर्दा रोग बढ्दै जाने र पैसा पनि खेर गइरहने हुनसक्छ । कतिपय अवस्थामा गलत पद्दती अपनाएर रोग निको हुँदा पनि छाला राम्रो नहुने अवस्था आउन सक्छ ।

अरु रोग लाग्दा तुरुन्तै डाक्टरकोमा पुगेजस्तै छालामा देखिने समस्याका लागि पनि डाक्टरसँग परामर्श गर्दा राम्रो हुन्छ । जसले एकातिर रोगको निदान खोज्न सघाउछ भने अर्कातिर छाला बिग्रिनबाट जोगिन्छ । स्वास्थ्यखबर पत्रिका
नेपाल विद्युत् प्राधिकरणले  माघ १८ गतेदेखि लागू हुने गरी प्राधिकरणले लोडसेडिङको नयाँ तालिका सार्वजनिक गरेको छ ।

सोमबारदेखि लागू हुने गरी हप्तामा ९३ घन्टा लोडसेडिङको समय बढाइएको विद्युत प्राधिकरणले जनाएको छ।

यसअघि दैनिक १२ घण्टा लोडसेडिङ हुँदै आएकोमा अब सोमबारदेखि हप्तामा पाँच दिन १३ घन्टा र दुई दिन १४ घन्टा लोडसेडिङ हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

सुख्यायाम नदीमा पानीको बहाव कम भएकाले लोडसेडिङको समय बढाउनु परेको प्राधिकरणले जनाएको छ।
लोडसेडिङ्ग समूह



हाई हिल महिलाका बीच फेसन नै भैसकेको छ । तर यसले स्वास्थ्यमा पार्ने असर कमैलाई मात्र थाहा होला । आजभोलि बच्चैदेखि हाई हिल लगाउने फेसन सुरु भएको छ । बच्चा अबस्थामा लगाएको हाई हिलले युवा अवस्थामा कुर्कुच्चा र मेरुदण्डमा नराम्रो प्रभाव पार्छ ।

सुरुको अवस्थामा हिलले खुट्टा सुन्निन्छ भने केही बर्षपछि लगातार खुट्टा दुख्ने, नशामा समस्या, कम्मर दुख्ने जस्ता समस्या आउँछ । लगातार हिल लगाउने युवतीको खुट्टाको अगाडिको भाग चौडा भई खुट्टाको स्वरूप नै बिगार्छ ।

एक अनुसन्धानअनुसार लामो समयसम्म हिल जुत्ता प्रयोग गर्ने एक तिहाई महिलामा खुट्टाको औंला सुन्निने ( हेमरटोज) देखि टाङको नसामा स्थायी समस्या पनि आउन सक्छ ।


हाई हिल लगाउँदा शरीरको कम्मरभन्दा तलको भाग अगाडि झुकेको हुन्छ । यसलाई सन्तुलनमा ल्याउन मेरुदण्डको अवस्था परिवर्तन गरिरहनु पर्छ । यसले कम्मरको नशामा दबाब पार्छ । यसबाट साइटिका नामको रोग लाग्ने संभावना बढी हुन्छ । अनलाइनको साहारामा
  • डा. राजेन्द्र भद्रा 
लिङगको योनिमा प्रवेशपछि वीर्य स्खलन हुने समय सामान्य नै छ, त्यसैले यसलाई रोग भनेर चिन्ता गर्नुपर्ने आवश्यकता छैन । मानव यौनप्रतिक्रिया चक्रको कुरा गर्दा महिला र पुरुषमा हुने केही भिन्नतालाई विचार गर्नुपर्ने हुन्छ । यौनउत्तेजनाको सुरुआत मानिसमा मानसिक तथा शारीरिक कारण दुवैले हुने गर्दछ । यसको लागि एकातिर यौन उत्तेजनात्मक कुरासम्बन्धी सोचाइ तथा परिकल्पना हुन्छ भने अर्कोतिर यौनसंवेदनशील अंगहरूकै सीधा घर्षण । यौनसम्पर्कलाई शारीरिक भन्ने गरिए पनि यो मानसिक, भावनात्मक अनि शारीरिक कुराको समिश्रणबाट प्राप्त हुने कुरा हो ।

प्रायजसो पुरुषको तुलनामा अधिकांश महिलालाई चरमसुखको स्थितिमा पुग्न केही बढी समय लाग्छ । कतिपय दम्पतीले यौनसम्पर्कको सुरुआत नै एकै पटक योनिमा लिङ्ग प्रवेशका साथ गर्छन् । यसो गर्नाले पुरुष तथा महिला यौनप्रतिक्रिया चक्रको विभिन्न चरणमा फरक समयमा पुग्ने हुँदा दुवैले एकै समयमा चरम यौनआनन्द पाउन गाह्रो हुन सक्छ ।

एक राम्रो प्राक्क्रीडा गर्दा महिला वा पुरुषलाई राम्ररी उत्तेजित गराउन र यौनसुख राम्ररी प्राप्त गर्न मद्दत मिल्छ ।  सामान्यतया योनिमा लिङ्गको प्रवेश सुरु गर्नुभन्दा पहिले यौनउत्तेजना दिलाउन वा लिन गरिने विभिन्न किसिमको यौनक्रियाकलापलाई नै प्राक्क्रीडा भन्ने गरिन्छ । अंग्रेजीमा यसलाई फोर प्ले भन्ने गरिन्छ । कसै–कसैले यस किसिमको यौन क्रियाकलापलाई मात्र पाक्क्रीडा नभनी यौनक्रियालाई सुमधुर बनाउन गरिने पूर्वक्रियाकलाप जस्तैः दुवै जनाले मायालु वातावरणमा गर्ने भोजन वा रमाइलो प्रेमवार्तालाई पनि प्राक्क्रीडा नै ठान्ने गरेको पाइन्छ ।

धेरैजसो परिस्थितिमा चुम्बन, शरीर तथा यौनांग सुम्सुम्याउने वा चलाउने इत्यादि यौनक्रियाक्लाप गरेर एक–आपसको यौनउत्तेजनालाई बढाउने गरिन्छ । गहिरो चुम्बन तथा शरीरका अन्य संवेदनशील अंगको चुम्बन निकै नै सहयोगी हुन सक्छ ।

त्यसैगरी विभिन्न अंगको मालिस गर्ने पनि एक महत्त्वपूर्ण क्रियाकलाप हुन सक्छ । मधुरो प्रकाशमा सुगन्धित तेलको प्रयोग गरेर मालिस गर्ने वा दम्पती सँगसँगै नुहाउने वा पानीमा अर्ध डुबेर मालिस गर्न सकिन्छ । त्यसैगरी शरीर तथा यौनांगलाई सुम्सुम्याउनु वा हल्का स्पर्श गर्नु अर्को महत्त्वपूर्ण यौनक्रियाकलाप हो ।  यसो गर्दा आफ्नो यौनसाथीको कुन–कुन भाग संवेदनशील छ वा कुन–कुन अंग कसरी छोइएको मनपराउँछ भन्ने कुरा पनि थाहा पाउनुपर्छ । यी संवेदनशील अंगहरु सुम्सुम्याउने कुरा मात्र नभई चुम्बन गर्ने, चाट्ने, चुस्ने, थपथप गर्ने, हल्का चिमोट्ने, माड्ने, हल्का टोक्ने, हल्का चिथोर्नेजस्ता थुप्रै क्रियाकलाप आफ्नो रुचिअनुरुप गर्न सकिन्छ ।

यस किसिमको प्राक्क्रीडाले यौनआनन्दलाई चरम विन्दुमा पुर्‍याउन सहयोग गर्नेमात्र नभई एक–आपसमा राम्रो सञ्चार गरी आपसी समझदारी बढाउन पनि मद्दत गर्दछ । आपसी समझदारीका कुरालाई धेरै दम्पतीले यथार्थमा बेवास्ता गर्ने भए पनि वैवाहिक जीवनको धुरीको रुपमा यसले कार्य गर्दछ । यसो गर्न सकिएमा यौनसम्पर्कलाई वास्तविक अर्थमा सम्भोग बनाउन सकिन्छ । सम्भोग अर्थात् ‘समं+भोग’ जसको अर्थ दुवै जना यौनसाथीले समान रुपमा यस सुखलाई महसुस पाऊन् । स्वास्थ्य खबर पत्रिका
नयाँ सामग्री पुराना सामग्री मूलपेज
View all
Get your own
Henkhama The Earth
अन्य लिङ्क
  • नेपालीबाट युनिकोड रुपान्तरण

  • हेन्खामा ब्लग

  • अति अावश्यक लिङ्क

एफएम रेडियो
  • नेपाल एफएम
  • रेडियो कान्तिपुर
  • उज्यालो अनलाइन
ताजा अपडेट
पेजमेनु
  • मूलपेज
  • स्वास्थ्य
  • समसामयिक
  • सूचना प्रविधि
  • फोटो ग्यालरी
  • मनोरन्जन
  • तपाइको चौतारी
  • विविध
पपुलर पोष्ट
  • रुघाखोकी र घाँटीको खसखसबाट कसरी जोगिने ?
  • दुबी रोग, उपचार
  • लसुनको फाइदा र बेफाइदा
  • नेपाल विद्युत प्राधिकरणको Loadshedding Schedule
  • एपेन्डिक्स भनेको के हो ? यस्का लक्षणहरु
  • स्मरण शक्ति बढाउने ५ उपाय
  • सुताइको सहस्य
  • जडिबुटी:सिस्नु घरिया र ऐंसेलु
  • थोरै खाएर आफ्नो जीवनलाई खतरामा
  • नमस्ते खोटाङ बृतचित्र
आर्काइभ
  • ►  2010 (4)
    • ►  November (1)
    • ►  December (3)
  • ►  2011 (68)
    • ►  February (2)
    • ►  March (4)
    • ►  April (1)
    • ►  July (10)
    • ►  August (22)
    • ►  September (6)
    • ►  October (5)
    • ►  November (10)
    • ►  December (8)
  • ►  2012 (94)
    • ►  January (5)
    • ►  February (10)
    • ►  March (11)
    • ►  April (3)
    • ►  May (10)
    • ►  June (3)
    • ►  July (14)
    • ►  August (8)
    • ►  September (3)
    • ►  October (6)
    • ►  November (2)
    • ►  December (19)
  • ►  2013 (19)
    • ►  January (5)
    • ►  February (2)
    • ►  March (9)
    • ►  April (1)
    • ►  May (1)
    • ►  August (1)
  • ►  2014 (14)
    • ►  February (1)
    • ►  June (6)
    • ►  December (7)
  • ►  2015 (30)
    • ►  January (6)
    • ►  March (7)
    • ►  April (1)
    • ►  June (1)
    • ►  August (1)
    • ►  September (3)
    • ►  December (11)
  • ►  2016 (28)
    • ►  January (13)
    • ►  February (7)
    • ►  March (8)
  • ►  2017 (1)
    • ►  February (1)
  • ▼  2018 (2)
    • ►  August (1)
    • ▼  October (1)
      • गर्भावस्थामा पिउनैपर्ने जुस
©: सञ्जिवनी २०१५

| मूलपेज | सञ्जिवनी | नेपाली युनिकोड | सम्पर्क |