• मूलपेज
  • स्वास्थ्य
  • समसामयिक
  • सूचना प्रविधि
  • फोटो ग्यालरी
  • मनोरञ्जन
  • तपाइको
  • जानकारी
  • सञ्जिवनी

सूचना प्रविधिको क्षेत्रमा  केही यस्ता  महिला  छन् जसले आफ्नो दमदार उपस्थिति देखाएका छन् । हुनत विश्वको सूचना प्रविधि उद्योगमा पुरुषको भन्दा महिलाकै वर्चस्व रहेको बताइन्छ ।

आइ टी उद्योगमा महिलाको हिस्सेदारी ५७ प्रतिशत रहेको र त्यसमध्ये २७ प्रतिशत महिला कम्प्युटर जगतसँग सम्बन्धित क्षेत्रमा संलग्न रहेको तथ्यांकले देखाएको छ ।

यहाँ केही चर्चित महिलाको नाम उल्लेख गरिएको छ जो प्रविधि जगतमा उच्च ओहोदामा पुगेका छन् :

१. किम पोल्सीः अमेरिकाको क्यालिफोर्नियास्थित सूचना प्रविधिको हव मानिने सिलिकन भ्यालीकी प्रसिद्ध सूचना प्रविधि उद्यमी तथा व्यवसायिक नेतृ ।

२.नोरा डेन्जेलः अमेरिकी आइबिएम कम्पनीकी वरिष्ट उपाध्यक्ष ।

३.भ्यालेन्टिना सालापुराः आइबिएम कम्पनीकी मास्टर इन्भेन्टर तथा सिस्टम आर्किटेक्ट ।

४.डेनी ब्रायन्टः चिप मेकर कम्पनी इन्टेलकी कर्पोरेट भाइस प्रेसिडेन्ट तथा सिआइओ ।

५.उर्सुला बन्र्सः जेरोक्स कम्पनीकी प्रमुख कार्यकारी अधिकृत ।

६. मारिसा माएरः याहु कम्पनीकी अध्यक्ष तथा मुख्य कार्यकारी अधिकृत ।

७. सेरिल स्यानबर्गः गुगलकी पूर्व कार्यकारी समेत रहेकी स्यानबर्ग हाल फेसबुकको चिफ अपरेटिङ अफिसर छिन् ।

८. भर्जिनिया रोम्टीः आइबिएम कम्पनीकी अध्यक्ष तथा प्रमुख कार्यकारी

९. मेग हि्वटम्यानः एच पि कम्पनीकी प्रमुख कार्यकारी ।

१०.सुसन वज्कीकीः गुगलकी वरिष्ठ उपाध्यक्ष ।

यी बाहेक अरु थुप्रै महिलाहरु पनि छन् जसको नाम यहाँ उल्लेख गर्न नसकिएको हुनसक्छ । तर ती सबैको योगदान सूचना प्रविधिको क्षेत्रमा महत्वपूर्ण छ । 
गोपाल छाङछा राई 
यलम्बर फाउन्डेसन, जातीय संग्रहालयको पहलमा डा. जगदीश रेग्मीको टोलीले बनाएको ‘किरात येले प्रथम पञ्चाङ्ग पात्रो’ शनिबार पर्यटन बोर्डको सभाहलबाट अशोक राईले सार्वजनिक गरेका छन् । उक्त पात्रोमा किरात संम्वत ५०७३ लाई घटाएर ३७९२ उल्लेख गरिएको छ । यसरी हचुवाका भरमा बनाइएको पात्रोले किरातीहरुमा भ्रम छरेको छ । यो पात्रो आदिवासी जनजाति समूहले बनाएको पनि होइन र दुई चारजनाले भ्रम छर्दैमा किरात येले सम्वत ५०७३ वर्षबाट एकाएक ३७९२ मा झर्दा पनि झर्दैन ।

प्रमाण हेर्दा किरातका पहिलो राजा यलम्बर भए भन्ने कुरा वंशावलीका आधारमा गरिएको हो । यदि हामीले वंशावलीलाई छोड्यौं भने यलम्बर राजा र अन्तिम किराती राजा जिते दास्ती रहेको कूरालाई मान्नै सक्दैनौं । अर्को प्रमाण नपाउन्जेली वंशावलीलाई आधार मान्नुपर्छ । किरात वंशावली अहिलेभन्दा ६ सय वर्ष अगाडि बनेको हो । गोपाल वंशावली स्थिति मल्लका पालामा बनेको हो । यो भन्दा अर्को बलियो प्रमाण नपाउँदासम्म किरातकालको यही अकाट्य प्रमाण हो ।

यसलाई हामी कसैले त्यसै छाड्न सकिँदैन । किरात कालमा कसैले ३२ राजा, कसैले २९ राजा भनेका छन् । किरात राज्यकाल थियो नै । नेपाल प्रज्ञा प्रतिष्ठानले २ वर्ष अगाडि इतिहासकार विद्धान दिनेशराज पन्तद्वारा लेखिएको प्रथम किरात राजा यलम्बर समय पुस्तकमा पनि यो कुरा पुष्टिसहित उल्लेख छ । अहिलेसम्म हाम्रो लिखित इतिहास लिच्छवी कालदेखिको मात्र छ, अब हामीले किरातकाल देखि शुरु गर्नुपर्छ । यो कूरा इतिहासकार दिनेशराज पन्तले बताएका हुन् ।

किरातकालीन इतिहास अपूर्ण छ, यसको खोजी र अनुसन्धान गर्नुपर्छ । त्यसैका लागि इतिहास पढ्नुपर्छ । किरातकालीन येले संम्वत ५०७३ किरात, लिच्छविकालीन भाषा वंशावलीका विभिन्न संस्करणहरुमा कलिगत १२ वर्ष बाँकी छँदा द्वापर युगमै फलाना राजा भए भन्ने उल्लेख छ । कलिगतको शुरु र किरात राज्यको शुरुवातको भाषा वंशावलीमा उल्लेख भएको पाइन्छ । त्यो वंशावली हामीले आजभोलि वा ५०-७० वर्षयता बनाएको होइन । यो अप्रमाणित कुरा हो ।

कसै कसैले पाटनको शिलालेखमा लेखिएको भेटिएको येले सम्वत्का आधार मानी किरात येले सम्वत कलिगत ५०७३ लाई घटाएर किरात येले संम्वत ३७९२ मा झार्नु यूक्ति र प्रमाण संगत हुँदैन । यलम्बर फाउन्डेसन र नेपाल राष्ट्रिय जातीय संग्राहलयले संयुक्तरुपमा बहसका लागि लोकापूर्ण गरेको किरात पञ्चाङ्ग पत्रको ३७९२ सम्वत माली गाउँमा एक व्यक्तिको घरमा जग खन्दा भेटिएको जय बर्माको मूर्तिमा विक्रम सम्वत् २४२ लेखिएको छ । जुन मूर्ति हाल छाउनीस्थित म्यूजियममा छँदै छ । १०७ लाई शक संम्वत मानेपछि वि.सं. २४२ हुन्छ । त्यहाँदेखि लिच्छवीकाल शुरु भयो रे । वि.सं. २४२ मा वा १ वर्ष अगाडि किरात काल टुंगियो भन्ने कल्पनाको आधारमा येले संम्वत घटाइएको होला ।

किरातहरु नेपालमा कहाँबाट आए, कति वर्ष शासन गरे भन्ने कुराको इतिहास अहिलेसम्म फेला पर्न सकेको छैन । यस विषयमा खोज र अनुसन्धान गर्नुपर्ने आवश्यकता छ । नेपालका कुनै पनि इतिहासकार र पन्तले पनि यो कुरा बताउँन सक्दैनन् । इतिहासमा प्रश्न धेरै उठ्छन् । यसको उत्तर हुँदैन । यसमा जानेको कुरा जानेको छ नजानेको कुरा जानेको छैन भनेर जानु पर्ने इतिहासकार ज्ञानमणि नेपाल बताउँ छन् । तर, दुर्भाग्य हाम्रो देशमा अनुसन्धान गर्ने नाममा भए नभएका कूराहरु निकाल्ने, भ्रमको खेती गर्ने गर्छन् । इतिहासको खोजी गर्दैनन् । गहिरो अध्ययन, अनुसन्धान गर्दैनन् । लिपीको वास्तविक अर्थ खोज्दैनन् अनि समावेशी र समानुपातिक नाममा जे पनि ब्याख्या गरिदिन्छन् ।

किरात वंशावली र इतिहासको बीचमा छुटेका कुरा खोज्नु पर्छ । कलिगत आधारित किरात येले संम्बत ५०७३ चलाईदै आएको छ । यो संम्वतलाई विना आधार र प्रमाण घटाएर ३७९२ बनाइएकोमा कतै यो ठिक छैन कि भन्ने उनीहरुको मनमा पनि परेरै होला, बहसका लागि भनेर किरात पञ्चाङ्ग पत्र लोकापर्ण गरिएको धेरैको आशंका छ । बहसको निम्ति त्यस्तो निकाल्नु अगाडि इतिहासकार, भाषावीद्ध, पुरातत्व वीद्ध, पचाङ्गविद् राखेर वृहत छलफल चलाउनुपर्दथ्यो । इतिहासबारे सामान्य जानकारी भएका, आदिवासी जनजाति समूदायका नेता, लेखक जनजाति लेखक मात्र राखेर सामान्य छलफल गरेर यले संम्वत घटाइनु राम्रो होइन । यो किरात समुदायबाटै आफ्नो इतिहास मेट्ने साजिस भैरहेको त होइन भनेर किरात समुदाय, किरात जाती, समुदायका संघ-संस्था, राजनीतिज्ञ, लेखक, विद्धान व्यक्तित्व, साहित्यकार, इतिहासकार, पत्रकार आदिले गम्भीर प्रश्न उठाउन थालेका छन् । आशंका व्यक्त गरेका छन् ।

कलिगत किरात संम्वत ५०७३ मा १२८१ वर्ष घटाएर किरात येले संम्वत ३७९२ कायम गर्दा विक्रम संम्वतलाई निरन्तरता दिने ब्राहृमणवादी अनुदारवादी र कट्टर हिन्दुवादी समूदाय र विश्वका सबै संम्वतलाई मटियामेट गरी आफ्नो मात्र इस्वी संम्वत् सञ्चालन गर्न चाहने ईसाइवादी विश्व साम्राज्यवादी शक्ति निकै खुशी र प्रसन्न देखिएका होलान् र छन् । किरात समूदायबाट आफ्नो कलिगत संम्वतका विषयमा भ्रम सिर्जना गर्दा उनीहरुलाई इस्वी संम्वत र विक्रम संम्वत भूमिपुत्र आदिवासी समूदायलाई लाद्न सजिलोसमेत बन्ने स्थिति पैदा भएको सर्वत्र महसूस भएको छ ।

प्रज्ञा प्रतिष्ठानले निकालेको प्रथम ‘किरात राजा यलम्बरको’ समयको किताबमा कलिगत संम्वत र किरात शासनका बारेमा धेरै नयाँ इतिहासका कूराहरु उल्लेख छन् । त्यसमा भएका किरातकालीन इतिहासको कतै खण्डन नभई कलिगत संम्वत घटाउनु उपयुक्त नहुने, इतिहासमा थप भ्रम पैदा गर्नु मात्र भएको इतिहासकार तथा लेखक पन्तले ठोकुवा गर्दै चुनौती दिएका छन् ।

यलम्बर संम्वत, येले संम्वत, नेपाल संम्वत, शक संम्वत भनेको हामीले आफ्नो पूर्खालाई सम्मान गर्ने संम्वत हो । विक्रम संम्वत, नेपाल संम्वत वा इस्वी संम्वत त्यसवखत देखि चलेर आएको संम्वत हो । यलम्बरका समयमा येले संम्वत चलेको थियो र नै चल्दै आएको हो । सबै जात जातिको पुर्खा खोजी गर्ने, जातीय उत्थान गर्ने सिलसिलामा खोजी, अनुसन्धान गर्दै जाँदा येले संम्वत, कलिगत ५०७३ वंशावलीमा पाइयो ।

हाम्रा वंशावलीमा भनिएका कतिपय कुराहरु नमिलेका पनि छन् । अहिलेभन्दा २५० वर्ष अगाडिका पृथ्वीनारायण शाहका बारेमा पनि कतिपय कूराहरु नमिलेका छन् । जुनबेलाका तात्कालीन प्रमाण नपाइएका कुराहरु वंशावली भाषा वंशावलीको खोजी नीति गरे सहयोग पुग्न सक्छन् । हाम्रो अध्ययनले किरातकालीन तात्कालीन प्रमाण, शिलालेख, ताम्रपत्र, अभिलेख नपाइएका हुनाले हामी वंशावलीमा लेखिएका कुराको प्रमाणलाई छोड्न सक्दैनौं । वंशावलीलाई छाडियो भने हाम्रो इतिहास नै अपूर्ण हुन्छ । अपाङ्ग हुन्छ ।

(लेखक-छहरा साप्ताहिकका सम्पादक हुन)  बिचार अनलाईन खबरबाट साभार गरिएको हो ।
नयाँ सामग्री पुराना सामग्री मूलपेज
View all
Get your own
Henkhama The Earth
अन्य लिङ्क
  • नेपालीबाट युनिकोड रुपान्तरण

  • हेन्खामा ब्लग

  • अति अावश्यक लिङ्क

एफएम रेडियो
  • नेपाल एफएम
  • रेडियो कान्तिपुर
  • उज्यालो अनलाइन
ताजा अपडेट
पेजमेनु
  • मूलपेज
  • स्वास्थ्य
  • समसामयिक
  • सूचना प्रविधि
  • फोटो ग्यालरी
  • मनोरन्जन
  • तपाइको चौतारी
  • विविध
पपुलर पोष्ट
  • रुघाखोकी र घाँटीको खसखसबाट कसरी जोगिने ?
  • दुबी रोग, उपचार
  • लसुनको फाइदा र बेफाइदा
  • एपेन्डिक्स भनेको के हो ? यस्का लक्षणहरु
  • नेपाल विद्युत प्राधिकरणको Loadshedding Schedule
  • स्मरण शक्ति बढाउने ५ उपाय
  • सुताइको सहस्य
  • जडिबुटी:सिस्नु घरिया र ऐंसेलु
  • थोरै खाएर आफ्नो जीवनलाई खतरामा
  • नमस्ते खोटाङ बृतचित्र
आर्काइभ
  • ►  2010 (4)
    • ►  November (1)
    • ►  December (3)
  • ►  2011 (68)
    • ►  February (2)
    • ►  March (4)
    • ►  April (1)
    • ►  July (10)
    • ►  August (22)
    • ►  September (6)
    • ►  October (5)
    • ►  November (10)
    • ►  December (8)
  • ►  2012 (94)
    • ►  January (5)
    • ►  February (10)
    • ►  March (11)
    • ►  April (3)
    • ►  May (10)
    • ►  June (3)
    • ►  July (14)
    • ►  August (8)
    • ►  September (3)
    • ►  October (6)
    • ►  November (2)
    • ►  December (19)
  • ▼  2013 (19)
    • ►  January (5)
    • ▼  February (2)
      • किराती इतिहासबारे भ्रम छर्ने पात्रो
      • सूचना प्रविधिको क्षेत्रमा महिला
    • ►  March (9)
    • ►  April (1)
    • ►  May (1)
    • ►  August (1)
  • ►  2014 (14)
    • ►  February (1)
    • ►  June (6)
    • ►  December (7)
  • ►  2015 (30)
    • ►  January (6)
    • ►  March (7)
    • ►  April (1)
    • ►  June (1)
    • ►  August (1)
    • ►  September (3)
    • ►  December (11)
  • ►  2016 (28)
    • ►  January (13)
    • ►  February (7)
    • ►  March (8)
  • ►  2017 (1)
    • ►  February (1)
  • ►  2018 (2)
    • ►  August (1)
    • ►  October (1)
©: सञ्जिवनी २०१५

| मूलपेज | सञ्जिवनी | नेपाली युनिकोड | सम्पर्क |